गत आवमा कर्णालीमा ३५ सय नयाँ उद्योगमा ३ अर्व लगानी


नेपालगन्ज २८ साउन :  गत आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेशमा ३ हजार ५ सय ४ नयाँ उद्योग दर्ता भएका छन् । यि उद्योगमा ३ अर्व बराबरको पूँजी लगानी भएको छ ।

उक्त आर्थिक वर्षमा प्रदेश सरकारले गरेको उपलब्धीको सूची अनुसार महिला र पुरुष गरी १० हजार ५ सय ५९ जनाले रोजगारी पाएका छन् ।

कर्णालीमा साना तथा मझौला उद्योगको बाहुल्यता छ । तर ठूला उद्योग खोल्नका कर्णाली प्रदेशमा सम्भावना क्षेत्र धेरै छन् ।

कर्णाली प्रदेशमा वन, जडिबुटी, पशुपालन, कृषि क्षेत्रमा उद्योग खोल्न सकिने तयारी अवस्था रहेको छ ।


हेर्नुहोस् उद्योग तथा पर्यटन तर्फ कर्णाली प्रदेश सरकारले गरेका मुख्य उपलब्धी-

 

प्रकाशित मितिः     9:13:16 AM  |