घर र साना कार्यालयका लागि एनसेलको सस्तो वाइफाइ सेवा


 

काठमाडौं। घर तथा साना कार्यालयका लागि एनसेल आजियाटाले झन्झटरहित र सुलभ वाइफाइ सेवा ल्याएको छ।

कम्पनीले चौथो पुस्ताको मोबाइल सेवा फोरजीरलङटर्म इभोलुसन(एलटिई) नेटवर्क विस्तार गरिएका सबै स्थानमा अल्ट्रा वाइफाइ सिम प्लस सेवा ल्याएको हो। यो उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डलसहितको एक विशेष सिम कार्ड भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार वाइफाइ सेवाकालागि बन्डल डेटा बाहेक ग्राहकले यो सेवा अन्तर्गत दुई वटा सिम पाउँछन्। प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रुपमा पाइने कम्पनीले जनायो। कम्पनीले नयाँ थिम प्लस अन्तर्गत वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई संबोधन गर्न देशभर विस्तार गरिएका फोरजी नेटवर्कमा रहेका उपभोक्तालाई लक्षित गर्दै योजना ल्याएको जनाएको छ।


कम्पनीका अनुसार योजना अन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वा वायरलेस डिभाइसमा यो सीम राखेर डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिनसक्ने छन्। कम्पनीका अनुसार यो सिमलाई फोरजी डिभाइसमा राखे पछि सबै भन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुने र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र वाइफाइ पनि उपलब्ध हुनेछ।

‘सबै फोरजी कभरेज एरियामा रहेका उपभोक्ताकालागि बन्डल सेवा सहित सुलभ र झन्झट रहित ‘अल्ट्रा वाइफाइ सिम प्लस’ योजना ल्याउन पाएकोमा हामी हर्षित छौं,’ कम्पनीका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘घर तथा साना व्यवसाय लक्षित यो सेवाले कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने विश्वास लिएका छौं।‘ यो योजनाको कर वाहेक ४ सय ३० रुपैयाँ छ।

यो सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रुपमा ४० जीबी वायर फ्री प्लस डेटा पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो बन्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जीबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने दुई वटा फोरजी सिम पाइनेछ।यो हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन्। ३० दिनको समयभित्र प्रयोग गरि नसकेको बाँकी सेवा अर्को महिना थप हुनेछैन्।

प्रकाशित मितिः     7:08:36 AM  |