पत्रकारलाई पारिश्रमिकबाट बन्चित नगर्न संचारगृहलाई प्रेस संगठन बाँकेको चेतावनी


नेपालगन्ज ३० साउन : प्रेस संगठन बाँकेको शुक्रवार बैठक सम्पन्न भयो । संयोजक डक्ट धितालको संयोजकत्व र सह–सहयोजकले सन्चालन गरेको बैठकले बिभिन्न निर्णय गरेको छ ।

बैठकले कोरोना संक्रमित भई उपचार गराइरहेका संगठनका कार्यसमिति सदस्य खगेन्द्र दाहाल सहित लोकगायक एवं संचारकर्मी कमल बिके निर्मोहीलाई शिर्घ स्वास्थ्य लाभको कामना गरेको छ । उनीहरुलाई परेका समस्या एवं अनुभव साटासाट र संगठनबाट हुने सहयोगको प्रतिवद्धता गर्दै कोरोनाबाट जोगिन बिशेष सावधानी अपनाउन सम्पूर्ण संचारकर्मी लाई अपील गरेको छ ।

कोरोनाका कारण संचारगृह र संचारकर्मी संकटमा परेको परेको बताउँदै संगठनको यस्तो विषम परिस्थितीमा समेत बाँकेमा रहेका केही संचारगृहले लामो समयदेखि पारिश्रमिक नदिएको, ढिलो दिने गरेको, कर्मचारी कटौती गरेको जस्ता घटनाप्रति बैठकको गम्भीर ध्यानार्कषण भएको छ । विषम परिस्थितीमा भइरहेका यस्ता गतिविधि रोक्न र आगामी रणनीतिका तय गर्न सर्वपक्षिय छलफल गरी अगाडी बढ्ने निर्णय गरेको छ ।


साथै अहिलेको संकटबाट संचारकर्मी स्वयं प्रत्यक्ष जोडिएका स्थानीय संचारगृहलाई उकास्न सरोकारवाला पक्षबीच के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै अगाडी बढ्ने योजना बनेको छ ।

कोरोनाका कारण प्रभावित बनेको सांगठनिक गतिविधिलाई क्रियाशिल बनाउँदै लैजाने निर्णय भएको छ । साथै बाँकेका संचारकर्मीको कोरोना वीमा गरेकोमा नेपाल पत्रकार महासंघ प्रदेश कमिटी र नेपाल पत्रकार महासंघ बाँके शाखालाई धन्यवाद दिदै छुटेका सहकर्मीको वीमा संगठन स्वयंले गरेको जानकारी गराएको छ ।

प्रकाशित मितिः     5:10:17 PM  |