उद्योग वाणिज्य महासंघले कोरोना नियन्त्रणमा सरकारले चालेको कदममा सहयोग गर्ने


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोरोना नियन्त्रणमा सरकारले चालेको कदममा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

महासंघले शुक्रबार विज्ञप्ती जारी गर्दै तीनै तहका सरकारले चालेका विभिन्न कदममा सहयोग गर्ने प्रतिवद्धता जनाएको हो।

‘कोभिडका कारण नेपाल पछिल्लो पटक निकै प्रभावित बन्दै गएको छ। संक्रमित र मृत्युदर समेत बढेको छ,’ महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यसले मुलुकवासीको स्वास्थ्य सुरक्षा पेचिलो बनेको छ भने अर्थतन्त्रमा समेत गम्भिर धक्का लागेको छ।

यस्तो विषम परिस्थितीमा सरकारको मात्रै भर नपरी आआफ्ना क्षेत्रमा सहयोग गर्न सबै सदस्यलाई आग्रह गर्दछ।’

प्रकाशित मितिः     ३० श्रावण २०७७, शुक्रबार १७:२९  |