बैंक र अन्य कार्यालयका कर्मचारीका लागि यम्मी बाईट्सको यस्तो छ बिशेष अफर


नेपालगन्ज ३० साउन :  नेपालगन्ज सेतुबिकचोकमा रहेको यम्मी बाईट्स बेकरी सप एण्ड भेज रेष्टुरेन्टले बैंक, सरकारी एव गैरसरकारी निकायमा काम गर्ने कर्मचारीलाई लक्षित गरी बिशेष अफर ल्याएको छ ।

उक्त रेष्टुरेन्टले बिभिन्न परिकारमा छुट सहित प्याकेज बनाएको छ । यस्तै अन्य प्याकेज समेत बनाउँदै छ ।

अफिस कम्बो प्याकेज भित्र बिभिन्न परिकारहरु एकमुष्टरुमा प्याक गरिएको हुने छ । सन्चालक प्रमोद गुप्ताले नयाँ प्याकेज लोकप्रिय बनेको बताएका छन् । सीमित कर्मचारी र सावधानीपूर्वक होमडेलीभरी गरिने उनले बताए ।

रु १ करोडको लगानीमा रेष्टुरेन्ट सन्चालनमा ल्याइएको हो । रेष्टुरेन्ट शुरु भएलगत्तै लकडाउन शुरु भएको थियो । भेज पारखीका लागि लोकप्रिय बनेको गुप्ताले बताए ।

प्रकाशित मितिः     ३० श्रावण २०७७, शुक्रबार १७:४६  |