कोहलपुरमा लकडाउनका विषयमा संघको असहमति, पसल खोल्ने चेतावनी


नेपालगन्ज ३१ साउन :  भोलि आईतवारबाट कोहलपुरमा लकडाउन गर्ने निर्णयप्रति कोहलपुर उद्योग वाणिज्य संघले बिरोध जनाएको छ । यसअघि बिहान  कोहलपुर नगरपालिकामा भोलि आईतवारदेखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ ।

शनिवार नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउन घोषणा गर्दै आफु मातहतका सरकारी कार्यायलदेखि बैंक तथा वित्तीय संस्था, व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । हेर्नुहोस् निर्णय-


उक्त निर्णयले उद्योगी, व्यवसायीलाई मर्माहत बनाएको भन्दै यता कोहलपुर उद्योग वाणिज्य संघले भने बिरोध जनाउँदै आफुहरुका माग सम्बोधन नभए भदौ १ गतेबाट पसल, व्यवसाय सन्चालन गर्ने चेतावनी दिएको छ । हेर्नुहोस् निर्णय-

प्रकाशित मितिः     7:13:18 PM  |