संकटमा स्थानीय तह–निजीक्षेत्र आमनेसामने दुखद ! सिडीओ भन्छन्–‘निर्णय कार्यान्वयन हुन्छ’


तस्विर : दर्शन टिभी

नेपालगन्ज ३२ साउन :  कोरोनो संक्रमण बढ्दै गएपछि बाँकेको कोहलपुरमा सर्वपक्षिय बैठकका आधारमा कोहलपुर नगरपालिकाकाले पूर्णरुपमा लकडाउन गर्ने निर्णय गर्यो ।

आईतवारबाट लागू हुने गरी लकडाउन गर्ने निर्णयप्रति कोहलपुर उद्योग वाणिज्य संघले बिरोध जनाएको छ । यसअघि  कोहलपुर नगरपालिकामा आईतवारदेखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको थियो  । कोरोना कहरका बेला स्थानीय तह र निजीक्षेत्र यसरी आमनेसामने हुनु पक्कै पनि राम्रो होइन ।

चार महिना भन्दा बढि समयदेखिको लकडाउनका कारण निजीक्षेत्र मर्माहत भएको छ । पसल व्यवसायमा ताल्चा ठोकेर घरमै थन्किए पनि बैंकलाई बुझाउनुपर्ने सावा ब्याजदेखि सरकारलाई बुझाउनुपर्ने कर बुझाउनै पर्ने बाध्यता छ ।

पसल नचले पनि घरधनीलाई भाडा दिनैपरेको छ । यिनै बाध्यता र बिबशताकाबीच लकडाउन खुकुलो भएर अर्थतन्त्र चलायमान बन्छ भन्ने आशामा रहेका व्यवसायीलाई स्थानीय तहले गरेको लकडाउनले झस्काएको पक्कै हो ।

तर संक्रमणको दर बढ्दै गएको अवस्थामा लकडाउन सहितको बिकल्प अघि सारेर कोरोना बिरुद्ध लड्ने सर्वपक्षिय बैठकको आशय रहेको प्रष्टै देखिन्छ । यस्तो निर्णय गर्नुपूर्व वा कार्यान्वयन गर्दा लकडाउनले सबैभन्दा धेरै पीडित बनेको निजीक्षेत्रलाई बिश्वासमा लिएर कोरोना बिरुद्धको अभियानमा संलग्न गराउने दायित्वबाट स्थानीय तह चुक्नु हुँदैन ।

यता हालसम्म चोटैचोटै सहेको निजीक्षेत्रले पनि कोरोना संक्रमणको हेक्का राख्न जरुरी छ । कोहलपुरकै छिमेकी पश्चिमको आर्थिक केन्द्र नेपालगन्जले मान्छे समेत हिडडुल गर्न नमिल्ने गरी लागु गरेको सिल भोगेको छ । अवस्था सामान्य बन्दै गएपछि फेरी प्रशासनकै समन्वयमा यतिबेला आर्थिक गतिविधि चलायमान बनाउने काम भइरहेको छ ।

दुबै पक्षले एक-अर्काका संवेदनशिलता बुझेर निर्णय गर्दा समस्याको समाधान नहुने कुरै छैन । आखिर कोरोनाबाट जिउधन जोगाउन सबैले चाहेकै छन् । त्यसो गर्दा कोरोना कहरलाई जितिन्छ भने धरासायी बनेको अर्थतन्त्र उकास्न सहयोग पुग्ने छ । अर्थतन्त्र चलायमान बनाउने अनेक बिकल्पका बारेमा समेत सोच्न जरुरी छ ।

शनिवार नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउन घोषणा गर्दै आफु मातहतका सरकारी कार्यायलदेखि बैंक तथा वित्तीय संस्था, व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । हेर्नुहोस् निर्णय-


उक्त निर्णयले उद्योगी, व्यवसायीलाई मर्माहत बनाएको भन्दै यता कोहलपुर उद्योग वाणिज्य संघले भने बिरोध जनाउँदै आफुहरुका माग सम्बोधन नभए भदौ १ गतेबाट पसल, व्यवसाय सन्चालन गर्ने चेतावनी दिएको छ । हेर्नुहोस् निर्णय-


तर उक्त निर्णयको पूर्णरुपमा कार्यान्वयन हुने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले प्रष्ट पारेका छन् । अर्थपेजसंगको कुराकानीमा उनले भने,–‘स्थानीय तहले गरेको निर्णय कार्यान्वयन गराउनु हाम्रो दायित्व र जिम्मेवारी हो । त्यसैले सर्वपक्षिय बैठकका आधारमा कोहलपुर नगरपालिकाले गरेको हामी कार्यान्वयन गछौं ।’ प्रमुख जिल्ला अधिकारीको भनाईसंगै कोहलपुरमा आईतवारबाटै शनिवार गरिएको निर्णय कार्यान्वयन भएको छ

यसअघि पनि जिल्लाभर निषेधाज्ञा मात्र हुँदा नेपालगन्जका केही भाग सिल गरिएको थियो । सेना समेत परिचालन गरी लागु गरिएको सिलका क्रममा सर्वसाधारणलाई हिडडुल गर्न समेत रोक लगाइएको थियो ।

संघीय सकारले देशभर पूर्ण लडकाउन नगरेको भएपनि जहाँ जहाँ संक्रमणको संख्या त्यहाँ त्यहाँ लकडाउन, निषेधाज्ञा र सिल गर्ने जस्ता कार्य गर्दै आएको छ । यद्यपी कोहलपुरमा कोरोना संक्रमण बिरुद्धको लडाईमा स्थानीय तह र व्यवसायी आमनेसामाने भएका छन् । जुन दुखद छ ।

कोहलपुरमा लकडाउनका विषयमा संघको असहमति, पसल खोल्ने चेतावनी

कोहलपुरमा भोलिदेखि पाँच दिन लकडाउन , बैंकदेखि हाटबजारसम्म बन्द गरिने

प्रकाशित मितिः     9:15:46 AM  |