कोरोना संक्रमित आइसोलेसनमा आउन ढिलाईले परिवार र समुदायमा संक्रमणको खतरा


नेपालगन्ज १ भदौ : बाँकेमा कोरोना संक्रमित ढिलो गरी आइसोसेलनमा आउँदा परिवारका सदस्यदेखि समुदायसम्ममा कोरोना फैलिन थालेको छ ।

संक्रमित भइसकेपछि स्वास्थ्य निकायमा आउन ढिलाई गर्ने मात्र नभई वेपत्ता हुनेसम्मका घटना भएका छन् ।

जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले आइसोलेसनमा आउन ढिलाई गर्नेहरुका कारण संक्रमितको संख्या बढेको बताए ।

उनले भने- हिजो २०७७र०४र३२ गते राति सम्मको पोजेटिभ केशहरु सबै आइसोलेसनमा बसिसक्नु भएको छ । बिगतमा आइसोलेसनमा आउन ढिलो गरेका ब्यक्तीहरुको परिवार र छिमेकीमा समेत पोजेटिभ देखिएकोले पोजेटिभ प्रमाणित भए पछि तत्काल आइसोलेसनमा बस्न सबैले सहजीकरण गरिदिन हुन अनुरोध छ ।

प्रकाशित मितिः     १ भाद्र २०७७, सोमबार ०८:५६  |