बबई लगायत नाकाबाट कर्णाली प्रवेश गर्दा पिसिआर रिर्पोट अनिवार्य


फाईल तस्विर

नेपालगन्ज १ भदौ :  कोरोनाभाइरस समुदायमा फैलिने संकेत देखिए पछि कर्णाली प्रदेश सरकारले आज (भदौ १) देखि कर्णाली प्रवेशमा कडाइ गरेको छ।

सबैभन्दा धेरै प्रभावित कर्णालीका दैलेख र सुर्खेत जिल्लामा समुदायस्तरमा पुगेर स्वाब परीक्षण गर्दा केही व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि नाकामा कडाइ गरिएको हो।

साउन ३० गते बसेको प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसीएमसी)ले आजदेखि लागु हुनेगरी कर्णाली प्रवेश गर्न ‘कोरोना नेगेटिभ’ पिसिआर रिपोर्ट अनिवार्य गरेको थियो।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नाकामा कडाइ गरिएको सामाजिक विकास मन्त्री दल रावलले बताए ।


कर्णाली आउनेले नाकामा पुग्नु तीन दिनअघिको कोरोना नेगेटिभ पिसिआर रिपोर्ट दिनुपर्ने व्यवस्था गरिएको मन्त्री रावलले जानकारी बताए ।

आजदेखि रातिको समयमा कर्णाली प्रदेशमा आउन पूर्ण रूपमा बन्द गरिएको छ। कर्णाली प्रदेश भित्रिने मुख्य नाकाहरू सुर्खेतको बबई, कुइने, सल्यानको कालीमाटी, काल्चे, कपुरकोट हुन्। यी नाकाहरूमा पिसिआर रिपोर्ट हेरेरमात्र आउन दिने व्यवस्था गरिएको छ।

यस्तै भारतबाट आएकालाई ७ दिनसम्म अनिवार्य क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गरिसकेपछि मात्र घर जान मिल्ने व्यवस्था गरिएको छ।

प्रकाशित मितिः     १ भाद्र २०७७, सोमबार ०९:३०  |
error: Content is protected !!