कोरोना कहरमा परेकालाई नगद सहित खाद्यन सहयोग


नेपालगन्ज १ भदौ :  बैजनाथ गाउँपालिका द्धारा गाउँस्तरमा गठन गरिएको बिहानी महिला समूह र राधा कृष्ण महिला समूहले आइती थारुलाई नगद सहित खाद्यान्न सहयोग गरेको छ ।

गाभर क्षेत्रमा अतिबिपन्न एकल महिला थारुलाई समूहले सदस्यहरुबाट खाद्यान्न संकलन गरी सहयोग गरेको हो । हेफर परियोजना, ओसीडिसीको प्राविधिक तथा आर्थिक सहयोगमा ब्यवसायिक कृषि, स्वास्थ्य शिक्षा लगाएतका गतिबिधिहरुमा समूह क्रियाशिल रहेको छ ।


आफ्नालाई आफैले सहयोग गरौं । कोरोना कहरका बिच कोही पनि भोकका कारण पीडित नहोस भन्ने उद्देश्यले समुहले खाद्यान्न सहयोग गरेको समुहका अध्यक्ष तारा सुनारले बताईन् ।

प्रकाशित मितिः     12:23:15 PM  |