वडा अध्यक्ष प्रमोद रिजालसंगै ११ जना कोरोनामुक्त भएर घर फर्किए


नेपालगन्ज १ भदौ :  नेपालगन्ज-१ का वडा अध्यक्ष सहित उपमहानगरपालिकाका ४ अधिकृत लगायत ११ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

कोरोना विशेष अस्पताल खजुरामा भर्ना हुनुभएका अध्यक्ष रिजाल लगायत उपमहानगरपालिकाका ४ जना अधिकृतहरुलाई साउन १९ गते कोरोना पुष्टि भएको थियो ।

अध्यक्ष रिजाललाई कोरोना लक्षण देखापरे पछि जांच गराउदा पुष्टि भएको थियो ।


कोरोना विशेष क्यान्सर अस्पताल खजुरा, डेन्टल र आदर्शनगर स्थित आइसोलेसनमा उपचाररत ११ जना डिस्चार्ज भएका हुन ।

जनस्वास्थ्य फोकल पर्सन नरेश श्रेष्ठले सार्वजनिक गरेको तालिका अनुसार बाँकेमा हालसम्म ४ सय ५५ जना डिस्चार्ज भएका छन् भने २ सय ७२ जना कोरोना संक्रमितहरु आइसोलेसनमा उपचाररत अवस्थामा छन् ।

प्रकाशित मितिः     11:15:15 AM  |