नेपालगन्ज १ भदौ : कोहलपुर नगरपालिकाको निर्णय अनुसार आईतवारदेखि लागु भएको लकडाउन सोमवारबाट थप कडाई गरिएको छ । लकडाउन कार्यान्वयन गर्न सडकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।
शहर प्रवेश गर्ने चारवटै नाकामा जथाभावी हिडडुल र सवारीचलाउन बन्द गरिएको छ भने पसल, व्यवसाय सन्चालन भएका छैनन् ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि सर्वपक्षिय बैठकका आधारमा कोहलपुर नगरपालिकाले भदौ ५ गतेसम्म लागु हुने गरी लकडाउन शुरु गरेको थियो ।