कोहलपुरको लकडाउनमा थप कडाई


नेपालगन्ज १ भदौ :  कोहलपुर नगरपालिकाको निर्णय अनुसार आईतवारदेखि लागु भएको लकडाउन सोमवारबाट थप कडाई गरिएको छ । लकडाउन कार्यान्वयन गर्न सडकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

शहर प्रवेश गर्ने चारवटै नाकामा जथाभावी हिडडुल र सवारीचलाउन बन्द गरिएको छ भने पसल, व्यवसाय सन्चालन भएका छैनन् ।


कोरोना संक्रमणको दर बढ्दै गएपछि सर्वपक्षिय बैठकका आधारमा कोहलपुर नगरपालिकाले  भदौ ५ गतेसम्म लागु हुने गरी लकडाउन शुरु गरेको थियो ।

प्रकाशित मितिः     1:29:24 PM  |