नेपालगन्जमै बन्दै छ यस्तो फनपार्क जसले काम नसकिदै धेरैको मन जित्यो ( हेर्नुहोस् आर्कषक तस्विर)


नेपालगन्ज १ भदौ : नेपालगन्जको भवानीयापुरमा मानसरोवर अम्यूजमेन्ट पार्क एण्ड रिसोर्टको काम धमाधम भइरहेको छ । काम अन्तिम चरणमा पुगेको छ ।

लकडाउन खुल्ने अवस्था बने दशैं अघि सन्चालन गर्ने योजना रहेको छ । तर त्यो सबै लकडाउन कहिलेसम्म हुन्छ भन्नेमा निर्भर छ ।

नेपालगन्ज क्षेत्रलाई मनोरञ्जन हवको रुपमा विकास र विस्तार गर्नुको साथै रोजगारीको लागि युवाहरुलाई अवसर सृजना गरि पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ सञ्चालन हुन लागेको कुरा प्रालिका प्रवन्ध निर्देशक डा ओम प्रकाश मिश्रले बताए ।

ठुलो लगानीमा सञ्चालन हुन गइरहेको उक्त पार्क भित्र विश्वको पाँचौ सवै भन्दा ठूलो फ्रेस वाटर स्वीमीङ्ग पुल, रेनडान्स, एडभेञ्चर पार्क, रेष्टुरेन्ट, वार, वक्वेट, फन पार्क सहितको सुविधा सम्पन्न मनोरञ्जन पार्क छिटटै सञ्चालनमा ल्याउने जानकारी प्रालिका संरक्षक पशुपति दयाल मिश्रले बताए । यो नेपालगन्जको भवानीयापुरमा रहेको छ ।

प्रकाशित मितिः     १ भाद्र २०७७, सोमबार १९:३१  |