नबिल बैंकले आफ्ना सबै ऋणीको ब्याज दरमा ०.२५ प्रतिशत छुट दियो


काठमाडौं। नबिल बैंकले आफ्ना ऋणीका लागि ब्याज दर छुट दिने निर्णय गरेको छ।

कोभिड-१९ का कारण ऋणीहरु समस्यामा परेको भन्दै बैंकले सबै ऋणको ब्याजमा ०।२५ प्रतिशत बिन्दुले छुट दिने निर्णय गरेको हो।

यस्तो छुट खराब कर्जाका ऋणीले भने पाउँदैनन्। बैंकको छुट दिने नीतिले ऋणीलाई राहत पुग्ने विज्ञप्तिमा उल्लेख छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिलबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तरको कठिनाइलाई ध्यानमा राख्दै ब्याज दरमा छुट दिइएको बताए।

‘कुनै व्यक्तिको अटो वा होम लोन छ वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ,’ शाहले भने, ‘तर खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउँदैनन्।’

आइतबार मात्र नबिलल कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६ करोड जम्मा गरेको छ। यो रकम बैंकिङ क्षेत्रबाट गएको मध्ये सबैभन्दा बढि हो।

बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन्।

प्रकाशित मितिः     १ भाद्र २०७७, सोमबार २०:३०  |