नेपालगन्जका व्यवसायीले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको दैनिक अनुगमन


नेपालगन्ज १ भदौ :  स्वास्थ्य प्रोटोकल पालना गर्न आग्रह गर्दै यतिबेला नेपालगन्जमा दैनिक बजार अनुगमन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय बाँके, प्रहरी र नेपालगन्ज उद्योग वाणिज्य संघले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको विषयमा अनुगमन गरिरहेका छन् ।

निषेधाज्ञा अन्त्य भई आर्थिक गतिविधि चलायमान बनाउने निर्णय भएसंगै स्वास्थ्य प्रोटोकल पालना गराउन सरोकारवाला निकायहरु संक्रिय भएका छन् ।


सोमवार राझा एअरपोर्ट, भाटभटेनीमा अनुगमन गरेको नेपालगन्ज उद्योग वाणिज्य संघ बजार अनुगमन समितिका संयोजक भिम रानाभाटले जानकारी दिए । उनका अनुसार अनुगमनहरु नागरिक लक्षित,ब्याबसायी लक्षित र उपभोक्ता लक्षित छन् ।

मास्क लगाउने,सेनिटाइजरको प्रयोग आफुले पनि ग्राहकलाई पनि गराउने ,मास्क नलगाई आउने ग्राहकलाई पसल भित्र प्रवेश निषेध गर्ने,भौतिक दुरिको ख्याल गरि सामान किनबेच गर्ने जस्ता कुराहरूमा ध्यान दिन सुझाव दिएको रानाभाटले बताए ।

प्रकाशित मितिः     8:44:53 PM  |