भेरीमा कोरोना बिशेष अस्पताल बनाउन बाँकेका सरकारी कर्मचारीले एक दिनको तलव दिने


नेपालगन्ज १ भदौ :  भेरी अस्पतालमा कोरोना अस्पताल स्थापनाको लागि बाँकेका राष्ट्रसेवक कर्मचारीहरुले एक दिनको तलब जम्मा गर्ने निर्णय गरेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार, उक्त रकम कोरोना बिशेष अस्पताल निर्माणमा खर्च गरिने छ ।


भेरी अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार सुशील कोईराला प्रखर क्यान्सर अस्पताल लाई कोभिड-१९ लेबल २ खारेज गरि भेरी अस्पताललाई लेबल २ अस्पताल घोषणा गरेको छ ।

प्रकाशित मितिः     8:56:33 PM  |