नेपालगन्ज २ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलवार प्रदेश र स्थानीय सरकारसँग पर्यटकीय पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी अन्तर्गत आयोजना र कार्यक्रमको प्रस्ताव आहृवान गरेको छ ।
नेपाल सरकारले प्रदेश तथा स्थानयि तहमा साझेदारीमार्फत पर्यटकीय गन्तबय विकास गर्न पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७० पारित गरेको थियो ।
सोही आधारमा मन्त्रालयले प्रदेश र स्थानीय तहसँग कार्यक्रम मागेको हो । यसअघि १ सय गन्तब्य निर्माण गर्ने गरी आयोजना छनोट गरी स्थानीय तहमा रकम पठाइएको थियो । तर, त्यसरी रकम र आयोजना पठाउँदा स्थानीय तहले अपनत्व नलिएको भन्दै पर्यटन मन्त्रालयले अब भने साझेदारीमै यस्तो कार्यक्रम संचालन गर्न लागेको हो ।
यस्तो प्रस्ताव सम्बन्धित तहको व्यवस्थापिकाबाट पास भएको हुनुपर्छ । प्रदेशको हकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र स्थानीय तहमा भने कार्यपालिकाबाट स्वीकृत गरि पठाउनु पर्ने गरी प्रस्ताव आहृवान गरिएको छ ।