निलम्वनमा भेरीका चार कर्मचारी


नेपालगन्ज २ भदौ :  भेरी अस्पताल नेपालगन्जका लेखा अधिकृत सहित ४ जना कर्मचारी निलम्बनमा परेकाछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ लाख कमिसनको रकम सहित कम्प्युटर अपरेटरलाई पक्राउ गरेपछि भेरी अस्पतालका लेखा अधिकृत सहित ४ कर्मचारी निलम्बनमा परेका हुन् ।

निलम्बन हुनेहरुमा भेरी अस्पताल नेपालगन्जका लेखाअधिकृत माधव आचार्य, लेखापाल इन्द्र ओली, सहलेखापाल प्रेम खत्री र कम्प्युटर अपरेटर अरुणराज खनाल रहेकाछन् ।


रकमसहित रङ्गेहात पक्राउ परेका कम्प्युटर अपरेटर खनालको बयानका आधारमा लेखाअधिकृत सहित थप तीन जनालाई निलम्बन गरेको हो ।
भेरी अस्पतालमा अख्तियार दुरुपयोग आयोगले गत साउन ८ गते छापा मारेकोछ । सोक्रममा अस्पतालका कम्प्युटर अपरेटर खनालबाट १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ कमिशन सहित पक्राउ गरेको थियो । अस्पतालका कर्मचारीहरु बयान दिएर आइसकेपछि थप अनुसन्धान र मुद्दालाई अगाडी बढाउन निलम्बन गर्नुपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकोछ ।

प्रकाशित मितिः     8:57:36 PM  |