काठमाडौं । नेपाली बजारमा बजाज बाइकको मुल्य बढेको छ । बजाज बाइकको नेपालका लागी आधिकारीक वितरक हंसराज हुलास चन्द कम्पनीले धेरै मोडलका मूल्य बढाएको हो । कम्पनीले धेरै मोडलहरुको मूल्यमा २ हजार देखि चार हजार रुपैयाँसम्म बढाएको छ ।
बजाजले लकडाउनमा सुस्ताएको व्यापारलाई चलाएमान बनाउँन विभिन्न अफर ल्याएसँगै बाइकलिनेको संङ्ख्यामा ह्वात्तै बढेको जनाएको छ । कम्पनीले तीन प्याकेजमा योजना सार्वजनिक गरेको थियो ।
गोल्छा अर्गनाइजेसन नेपालका निर्देशक अभिमन्यु गोल्छाले इम्पोर्ट कष्टमा थप भार परेका कारण बजाज बाइकको मुल्या बढेको बताए । उनका अनुसार, वार्षिक दुई पटक सम्म बढ्ने गरेको छ । बजाज कम्पनीबाटै पल्सर बाइकको मुल्य बढेकाले नेपालमा पनि मुल्य थोरै बढेको हो ।’ उनले भने ।
कम्पनीले कुनै पनि बजाजका बाइक किन्दा पुरै नगद बुझाउदा १२ हजार छुट दिएको छ भने ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य व्याजदरमा बाइक उपलब्ध गराइरहेको छ । त्यस्तै, २० र ३० प्रतिशत डाउन पेमेन्टमा पनि कम्पनीले बाइक विक्रि गरिरहेको छ ।
यस्तो छ बढेको बाइकको मुल्य –