नेपालगञ्जका स्वास्थ्य संस्थामा पुग्यो ४० प्रकारका निशुःल्क औषधी


नेपालगञ्ज, भदौं २ गते । नेपालगञ्ज उप–महानगरपालिकाले नगरका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी उपलब्ध गराएको छ ।

नगर स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले सूचिकृत ४० प्रकारका अत्यावश्यक औषधी सहित अन्य कार्यक्रम अनुसारका औषधीहरु स्वास्थ्य संस्थामा पठाइएको जानकारी दिए ।

यसपटक एकैसाथ ४० प्रकारका औषधी स्वास्थ्य संस्थामा पठाइएको छ । स्वास्थ्य संस्थामा पठाइएका औषधी निशुल्क विरामीहरुलाई उपलब्ध गराइनेछ ।

नेपालगञ्जमा ११ वटा स्वास्थ्य चौकी र ११ वटा आधाभुत स्वास्थ्य केन्द्र रहेका छन् ।

बर्षायाममा महामारी फैलिन नदिनका लागि उपमहानगरपालिकाले सावधानी अपनाउँदै सबै स्वास्थ्य सस्थामा अत्यावश्यक औषधी पठाएको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए ।

चन्दले कोभिड–१९ बारे उच्च सतर्कता अपनाउन समेत सबै स्वास्थ्य संस्थामा आग्रह गरिएको बताए ।

प्रकाशित मितिः     ३ भाद्र २०७७, बुधबार १०:०८  |