कोहलपुरमा डाटा सेन्टर निर्माण सम्बन्धी काम यसैवर्षदेखि


नेपालगन्ज ३ भदौ :  राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्र्तगत कोहलपुरमा प्रस्ताव गरिएको डाटा सेन्टरको निर्माण सम्बन्धी काम चालू आर्थिक वर्षमा हुने भएको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार, डाटा सेन्टर निर्माण सम्बन्धी बिस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार भइसकेको छ । निर्माण सम्बन्धी काम चालू आर्थिक वर्षमा गर्ने योजना रहेको छ ।

नेपालका तीन सहरमा डाटा सेन्टर स्थापना गर्न सरकारले आगामी वर्षका लागि ५० करोड बजेट विनियोजन गरेको छ ।

सुनसरी ,बाँकेको कोहलपुर र ललितपुरमा डाटा सेन्टर स्थापना गर्ने काम अघि बढाउन भन्दै उक्त बजेट विनियोजन गरेको हो ।


तीन सहरमा डाटा सेन्टर स्थापनाका लागि सम्भाव्यता अध्ययन,ठेक्का लगाइ काम शुरु गर्नेगरी उक्त बजेट विनियोजन गरिएको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले बनाउने उक्त कामका लागि बजेट भने प्राधिकरणले विनियोजन गरेको हो । प्रधिकरणले ललितपुरमा इन्टरनेट एक्स्चेन्जका लागि पनि ४० करोड बजेट विनियोजन गरेको छ ।

 

प्रकाशित मितिः     8:56:46 AM  |