कृषि व्यवसायमा जमेका विद्यार्थी नेता भन्छन्–‘जनतासंग प्रत्यक्ष जोडिन पाउदा खुसी लाग्छ’


नेपालगन्ज ४ भदौ :  बाँकेको विद्यार्थी राजनीतिमा विकास गौतम नयाँ नाम होइन ।

महेन्द्र बहुमुखी क्याम्पस पढ्दै गर्दा उनी बाँकेको विद्यार्थी राजनीतिमा सक्रिय बनाएका थिए ।  अनेरास्ववियुको जिल्ला सचिव समेत भइसकेका यिनै गौतम यतिबेला बर्दियाको बाँसगढीका अब्बल युवा व्यवसायी बन्न सफल भएका छन् ।

बाँसगढी–५ स्थित गौतम भेट सेन्टर र गौतम पोल्ट्री एण्ड सप्लायर्सका मार्फत त्यसक्षेत्रमा व्यवसाय गरिरहेका छन् । गौतम स्कुल पढ्दादेखि नै राजनीतिमा रुची राख्थे । त्यहीबाट उनको राजनीतिक यात्रा शुरु भयो ।

उच्च शिक्षा अध्ययनका लागि बाँके आएपछि भने उनको विद्यार्थी राजनीतिक फर्कियो ।  २०६५ सालतिर उनी जिल्लाको नाम चलेको विद्यार्थी नेता भइसकेका थिए ।

तर २०७१ सालमा आइपुग्दा गौतमको यात्रा मोडियो । बुवाले सम्हाल्दै आएको दाना र चल्लाको व्यापारलाई बिस्तार गर्न बाँसगढी गए ।  त्यहाँ गएर उनले बुवाको व्यवसायमा लगानीसंगै बजार बिस्तार गरे ।

परिणाम स्वरुपम यतिबेला उनी उत्कृृष्ट व्यवसायी बन्न सफल भएका छन् ।  उनीसंग त्यसक्षेत्रका चार सय बढि कृषक लाभान्वित भएका छन् । कुखुरापालनमा आधुनिकीकरण गराउन उनले भूमिका खेलेका छन् । जनतासंग प्रत्यक्ष जोडिन पाउँदा खुसी लागेको उनले बताए ।

गौतम भन्छन्–‘हिजो परम्परागतरुपमा कुखुरापालन हुन्थ्यो ।


तर अहिले व्यवसायीकतालाई सबैले प्राथमिकता दिएको महसुस गरेको छ ।’ तत्कालका लागि गौतमले राजनीतिकलाई बिट मारेका छन् ।

मासुमा जिल्लालाई आत्मनिर्भर बनाउँदै स्थानीयलाई त्यसमा संलग्न बनाउने अभियानलाई अझ बिस्तार गर्ने योजनाका साथ काम गरिरहेका छन् ।

‘राजनीतिबाट टाडा त हुनै सक्दिन ।’ गौतम भन्छन्–‘तर तत्काललाई यही बिजनेशलाई अझ राम्रो गर्छु । यसले पनि समाजमा राम्रै प्रभाव पार्छ ।’ बर्दिया जिल्ला मासुमा आत्मनिर्भर बन्ने दौडमा छ ।

तर भारतबाट अवैधरुपमा आयात हुने मासु र बजारीकरणको समस्या छ । त्यसको समाधानका लागि गौतमले बाँसगढीमा कोल्ड स्टोर राख्ने योजना बनाइरहेका छन् ।

उनी भन्छन्–‘कोल्ड स्टोर बनाउन सकियो भने कुखुरा उत्पादन नभएका बेला पहिले जम्मा गरिएको मासु विक्री गर्न सहज हुन्छ, मूल्य पनि राम्रो पाउँछ ।’

राजनीतिमा खुट्टा तान्ने प्रबृत्ती देखेर पनि गौतमलाई दिक्क लागेकै हो । तर फेरी त्यसलाई चटक्कै छाड्ने कुरा पनि भएन ।  तत्काललाई राजनीतिबाट बिट मारे पनि निकट भविष्यमै फेरी सक्रिय राजनीतिमा फर्किने गौतम बताउँछन् ।

 

प्रकाशित मितिः     10:34:26 AM  |