कर्णाली प्रदेश स्थापनाका पाँच वर्ष : भूगोल मिल्यो, समृद्धि अधुरै


  • ललित बुढा

सुर्खेतः पाँच वर्षअघि दलहरु प्रदेशको सिमांकन गर्दै थिए । तत्कालिन मध्यपश्चिमका केही जिल्लाहरु सुदूरुपश्चिममा गाभिए । त्यसैको विरोधमा अखण्ड मध्यपश्चिमको मागसहित आन्दोलन भयो ।त्यही क्रममा २०७२ साउनमा सुर्खेतमा तीन र जुम्लामा एक जना मारिए ।

सिमाकंनविरुद्धको आन्दोलन दबाउन प्रहरीले चलाएको गोली लागेर सुर्खेतका यामबहादुर विसी, टिकाराम गौतम र गोपालसिंह रजवारको ज्यान गयो ।जुम्लामा हरिबहादुर कुवँर मारिए ।आन्दोलनपछि तत्कालिन शिर्ष नेतृत्व सुदूरपश्चिममा गाभिएका जिल्ला फिर्ता गर्न तयार भयो ।

१३ दिनसम्म चलेको त्यही आन्दोलनको बलमा २०७२ भदौ ४ गते छैठौं प्रदेश घोषणा भयो । नागरिकको संघर्षबाट कर्णाली प्रदेश स्थापना भएको आज ९बिहीबार० पाँच वर्ष पुग्यो। प्रदेशको नाम अहिले कर्णाली राखिएको छ ।

आन्दोलनबाट कर्णालीको छुट्टै भौगोलिक र राजनीतिक अस्तित्व कायम भयो । तर प्रदेश सरकार र राजनीतिक नेतृत्वले अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो बढेको छ । यो अवधिमा न सहिदका सपना पूरा भए, न त सहिद परिवार र नागरिकलाई सन्तुष्ट बनाउने गरी प्रदेश सरकारले प्रयास नै गरेको छ ।

सहिद पार्क निर्माण र भदौ ४ गतेलाई सहिद दिवसको रुपमा मनाउने बाहेक अन्य माग सम्बोधन भएका छैनन् । प्रदेश प्राप्तिका लागि हाम्रा आफन्तले रगत बगाए, तर प्रदेश सरकारबाट रगतको सम्मान भएको छैन, सहिद यामबहादुर विसीकी बहिनी भगवती विसी भन्छिन्, -प्रदेशका प्राप्तिका लागि भएको आन्दोलनमा हाम्रा आफन्त ढले, तर अब हाम्रो विकास र समृद्धिका सपना नढलून् ।

उनले शालिक निर्माण, सहिदगेट निर्माण, सहिदको नाममा चोकको नामांकरण र परिवारलाई रोजगारी दिनेजस्ता महत्वपूर्ण मागहरुको प्रदेश सरकारले सुनुवाइन नगरेको गुनोसो गरिन् । सोही आन्दोलनमा भाइ हरिबहादुर कुँवरलाई गुमाएका जुम्लाका राजबहादुर कुँवरले सहिदका सपना पूरा नभएको गुनासो गरे । आन्दोलनबाट प्रदेश त प्राप्त भयो, तर समृद्ध कर्णालीको सपना अधुरै छु, उनी भन्छन्, -सहिदको रगतले भूगोल त प्राप्त भयो, तर आम नागरिकका सपना पुरा हुन सकेनन् ।

सहिदको बलिदानबाट प्रदेश जन्मिए पनि कर्णालीले गरिवी र अभावको परिभाषा बदल्न नसकेको उनको तर्क छ ।आन्दोलन चर्किएपछि त्यसबेला दलहरुले१० जिल्लालाई मिलाएर २०७२ भदौ ४ गते छुट्टै प्रदेश घोषणा गरेका थिए ।

जीवनस्तर बदलिएन

आन्दोलनमा सहभागी अगुवाहरु पनि समृद्ध कर्णालीको सपना पूरा हुन नसकेको बताउँछन् । प्रदेश सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको उनीहरुको आरोप छ । भूगोल प्राप्तिका लागि नागरिकले ज्यान गुमाए, आन्दोलनकै बलमा प्रदेश पनि प्राप्त भयो,ु तत्कालिन अखण्ड मध्यपश्चिम आन्दोलन नागरिक संघर्ष समितिका संयोजक तेजविक्रम वस्नेत भन्छन, -त्यो आन्दोलनको मर्म प्रदेश प्राप्त गर्नु मात्रै थिएन, जनताको जीवनस्तर नै बदल्नु थियो । तर अपेक्षाअनुसार काम हुन सकेन ।

तत्कालिन जुम्ला आन्दोलन परिचालन कमिटीका सदस्य सुरबहादुर सिंह प्रदेश सरकार आन्दोलनको मर्म अनुसार चल्न नसकेको बताउँछन् । साविकको कर्णालीलाई विशेष अधिकार दिलाउन जुम्लावासी आन्दोलनमा होमिएका थिए, उनी भन्छन्, -प्रदेश प्राप्त भएपनि विकासमा साविक कर्णाली प्राथमिकतामा परेन ।ु

सपना पूरा गर्छौं

प्रदेश सरकारले भने नागरिकको विकास र समृद्धिको सपना पूरा गरिने जनाएको छ । समृद्ध कर्णाली, सुखारी कर्णालीवासीु को सपना पूरा गर्ने प्रयास भइरहेको प्रदेश सरकारको भनाइ छ । प्रदेश सरकारका प्रवत्ता एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, सहिदको उच्च सम्मान गर्नकै लागि प्रदेश सरकारले सहिद स्मृति प्रतिष्ठान गठन गर्ने योजना बनाएको छ ।

सहिदको योगदानकै कारण प्रदेश प्राप्ति भएको भन्दै उनले सहिदको सम्मान गरिने जनाइन् । सहिद परिवारले उठाएका मागहरु पूरा गर्न सहिद पार्क निर्माण भएपछि सहिदका शालिक र सहिद गेट बनाइने प्रदेश सरकारको भनाइ छ ।

अन्नपुर्णपोष्टबाट

प्रकाशित मितिः     ४ भाद्र २०७७, बिहीबार १२:०५  |