नेफ्स्कूनको पाँचौ रणनीति र आगामी कार्यदिशा


  • नयाँ आर्थिक प्रणालीको निर्माण विना नयाँ राष्ट्र निर्माण सम्भव हुदैन ।

नयाँ राष्ट्र :  समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्र वनाउन नयाँ आर्थिक प्रणालीको विषयको उठान नेपालको संविधान २०७२ ले गरेको छ । नेपालको संविधानको निर्देशक सिद्धान्तले तीनखम्वे अर्थराजनीतिको परिभाषा, व्याख्या, पुष्टि गरेको छ ।

यसको कार्यान्वयनका लागि राज्यको तर्फवाट प्रस्तुत निर्देशक सिद्धान्तको सम्मान, सुरक्षा र वहाली गर्ने दायित्व राज्यका संरचनाको हो । तदअनुसार अर्थराजनीतिलाई मार्गदर्शन, नियमन र प्रवद्र्धनको पहिलो दायित्व संघीय सरकारको हो ।

यही राज्यको दायित्वमा नागरिकहरुको तर्फवाट सहकारी अभियानले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा आफ्ना सदस्यहरुको स्तरोन्नती गर्ने र नयाँ आधुनिक मावन निर्माण गर्ने कार्य गर्दछ ।

सदस्यहरुको स्वामित्व, नियन्त्रण र फाइदाको सुनिश्चितता मार्फत सहकारी अभियानले सामाजिक पूँजीको निर्माण गर्दछ । यस्तो सामाजिक पूँजीले राष्ट्रिय पूँजीको निर्माण मार्फत सामाजिक न्याय र समाजवादको स्थापनामा सिर्जनात्मक भुमिका खेल्नुपर्दछ ।

सहकारी हाम्रो अर्थव्यवस्था र सामाजिक प्रणाली तथा राजनीतिक विचारधारा र संस्कृतिलाई समाजवादमा रुपान्तरणको माध्येम समेत भएकाले विधि, नीति र प्रविधि सहितको नयाँ अभिभारा आजको प्रधान कार्यदिशा हो ।

वित्तीय सहकारीहरुको दीगो विकासका लागि वित्तीय सक्षमता, प्रतिस्पर्धात्मक स्थान, प्रभावकारी सञ्चालन तथा कुशल व्यवस्थापन, कर्मचारीको सन्तुष्टि र सदस्य सन्तुष्टि लगायतका आधारभुत विषयमा हाम्रो ध्यान केन्द्रित हुनु आवश्यक छ ।

सहकारी अभियानले विशिष्ट पहलकदमी र सक्रियताको आधारमा संस्थागत दीगो विकासका आधारभुत मान्यतालाई लोकसम्वत विधिको आधारमा नयाँ आयाम र सामथ्र्यको विकास गर्नु पर्दछ ।

सिद्धान्त, मुल्य र मान्यता, अर्थराजनीति, ज्ञान, विज्ञान, कला संस्कृति, उच्च प्रविधिमा आएको नयाँ आवश्यकताले वित्तीय सहकारीमा नव सिर्जना, आविस्कार र क्षमता अभिवृद्धिको माग गरेकोछ ।

यो प्रतिस्पर्धात्मक श्रेष्ठताको युगमा नेफ्स्कूनले आफ्ना वित्तीय सहकारी संस्थाका सदस्यको जीवन पद्धति र चिन्तन पद्धतिका विषयमा उत्कृष्ट समाधान दिन वित्त, नीति र प्रविधिको स्रोतकेन्द्रको रुपमा स्थापीत हुनु आजको अनिवार्य मान्यता हुन् ।

यीनै सहकारीका आधारभुत मान्यता र वित्तीय सहकारीका सदस्यहरुको नैसर्गिक अधिकारलाई संवोधन गर्न साकोसका सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान दिनु नेफ्स्कूनको कार्यदिशा हो । आधुनिक युगमा प्रस्तुत वित्तीय समाधानहरु : वचत, ऋण, विप्रेषण, विमा र भुक्तानी मञ्चको नेतृत्वदायी परिकल्पना नै नेफ्स्कूको कार्यदिशा हो ।

मुलुकको पन्ध्रौं योजना आ व २०७६/७७ देखी २०८०/८१ आधारपत्र तयार भइरहेको सन्दर्भमा उक्त कार्यदिशालाई सम्वोधन गर्न नेफ्स्कूनले आगामी चारवर्षको लागि पाँचौ रणनीति तयारी गरिरहेको छ ।

यस पाँचौं रणनीतिक योजनामा बचत तथा ऋण सहकारी सञ्जाल भित्र रहेका संस्था र संघहरु मार्फत आवश्यक साझा सेवाहरुको विकास गर्ने अवधारणा योजनाको प्राथमिकतामा राखिएको छ ।

सञ्जालमा बिद्यमान श्रोतहरुको परिचालन सञ्जाललाई आवश्यक पर्ने सेवाहरुको विकासका लागि उपयोग गरी सञ्जालको क्षमता र पेशागत विकास गर्ने अवधारणा यस योजनाले आत्मसाथ गरेको छ । यसका लागि बचत ऋण सहकारी अभियानको ध्येय दीगो वित्तीय सहकारी मार्फत समावेशी एवम् स्मार्ट सेवा सुनिश्चित गरी सदस्यको जीवनस्तर सुधार भन्ने स्वीकार गरिएको छ ।

यस ध्येयले वित्तीय सहकारीहरुको दीगोपना र सेवाहरुमा समावेशीपन मात्र स्वीकार गरेको छैन स्मार्ट सेवा सुनिश्चितताको वातावरण तयार गर्ने लक्ष्य लिएको छ । स्मार्ट सेवाले प्रविधिमा आधारित सेवा विकास, सदस्यमैत्री चुस्तदुरुस्त सेवाहरु तथा सेवाहरुमा नुतनपनको सुनिश्चितताको आधार तयार गर्ने लक्ष्य योजनामा स्वीकार गरिएको छ जसवाट आबद्ध सदस्यहरुको जिवनस्तरमा गुणात्मक सुधार सम्भव बनाउन सकिनेछ ।

चार बर्षको रणनीतिक अबधिको परिकल्पनाको रुपमा सवल र सक्षम वित्तीय सहकारीहरुको साझा सञ्जाल प्रस्ताव गरिएको छ । सवल र सक्षम वित्तीय सहकारीको विकासका लागि सहयोग पुग्ने क्रियाकलापहरु नै संघको आगामी चार बर्षको यात्राको रुपमा तय भएकोछ । यसका लागि सदस्यहरु समेतको स्वामित्वमा सञ्जालका साझा सेवाहरुको विकास पहिलो प्राथमिकतामा राखिएको छ ।

यस्तो साझा सेवाहरुवाट सञ्जालको साझा समस्याको समाधान गरी सञ्जालको क्षमता विकास र प्रभावकारी पैरबी मार्फत वित्तीय सहकारीहरुको दीगो सञ्जालको रुपमा बचत तथा ऋण सहकारी अभियान स्थापित हुने र यसवाट बचत ऋण सहकारीहरुको अलग्गै पहिचान बन्नेमा संघ विश्वस्त रहेकोछ ।

योजना अबधिमा सञ्जालका सबै सदस्यहरुले आधारभूत वित्तीय सेवाहरु सञ्चालन गर्ने सक्षमता विकासका लागि संघ सहयोगी बन्न सक्ने कुरा यस योजनाले सुनिश्चित गरेको छ ।

बचत ऋण सहकारीता भित्र गतिशिलता स्थापित गर्न अभियानको उर्जापूर्ण योगदानलाई योजनामा लिपिबद्ध गर्ने क्रममा संघको सबै सवल पक्षहरुको उपयोग सञ्जालको पेशागत सक्षमता विकासमा हुने रणनीतिमा विश्वास लिइएकोछ ।

आजको वित्तीय बजार प्रतिष्पर्धामा आधारित छ, मुनाफामा आधारित छ र प्रबिधिले निर्देशित गरेको छ तर बचत ऋण सहकारीता मानवता सहितको सहकार्यको योगमा विश्वास गर्दछ ।

बचत ऋण सहकारीहरुको प्रबद्र्धनमा योगदान गर्न सक्नेहरुको बिचमा सद्भावपूर्ण सहकार्यलाई सबै भन्दा प्राथमिकतामा राखि सफलताको आधारको रुपमा लिइएको छ । आगामी दिनहरुमा बचत ऋण सहकारी संघ तथा संस्थाहरुको व्यवसायिक वातावरणमा सद्भावपूर्ण सहकार्य मार्फत दीगोपन विकासका लागि योगदान गर्न सक्षम हुने विश्वास लिइएको छ ।

बचत ऋण सहकारीहरुको स्थापना नै सहकार्यको अनुपम नमुना भएकोले यो नै सञ्जालको सबै भन्दा महत्वपूर्ण क्षमता हो । आज बचत ऋण सहकारीको संख्या बढि भएको आरोप होस् वा उत्पादनमा जान नसकेको भनि लाग्ने गरेको आरोप नै किन नहोस सबैको एउटै समाधान भनेको सहकार्य मार्फत साझा वित्तीय सेवाहरुको विकास हो भन्ने विश्वास संघले लिएकोछ ।

संघ र सदस्यहरुको सम्बन्ध र सेवाको दीगोपन पनि सहकार्यको मात्रा र गुणस्तरमा निर्भर छ । सञ्जालले अपेक्षा गरेको अभियान मैत्री वातावरणको प्राप्तीको लागि पनि सञ्जालको सद्भावपूर्ण सहकार्यको ज्यादै महत्व रहेको छ ।

त्यसैले संघ र संस्था अलग रुपमा नहेरी सहकार्यको लागि प्राप्त अवसरको रुपमा स्वीकार गरि अगाडि बढ्न सके मात्र बचत ऋण सहकारी मार्फत सदस्यहरुको जिवनस्तर सुधार गर्न र सञ्जालको विकासमा इश्र्या गर्नेहरुलाई सही जवाफ दिन सकिन्छ भन्ने विश्वास हाम्रो रहेको छ ।

नेफ्स्कूनको कार्यदिशा

नेफ्स्कूनको लक्ष्य र उद्देश्य समृद्ध नेपाल, सुखी नेपाली मात्र होइन विश्व वन्धुत्व र विश्व समृद्धि पनि हो । त्यसको लागि वित्तीय सहकारी अयिभानको विधि, नीति, प्रविधि र उत्तम अभ्यासलाई विश्वव्यापी रुपमा ऐक्यवद्धता जनाएको हुन्छ ।

विकास तथा विज्ञान र प्रविधिका अन्तिम उपलब्धीलाई आन्तरिकीकरण गर्न र सापेक्षित वनाउन नेफ्स्कूनले अन्तराष्ट्रिय सहकारी सम्वद्ध संगठन सँग साझेदारी गरिरहेको छ ।

अन्तराष्ट्रिय रुपमा विकास गरिएका समाधानहरु र नवप्रवर्तनको रुपमा राष्ट्रिय रुपमा विकास गरिएका समाधानहरुलाई कार्यान्वयनमा लान प्रारम्भिक संस्था र नेफ्स्कूनको वीचमा साझा पहिचान र साझा सञ्जालको निर्माण गर्नु पर्दछ । नेफ्स्कूनको पाँचौ रणनीतिक योजनामा संस्थाहरु र संघहरुवीचमा सञ्जाल व्यवस्थापनको अपरिहार्यतालाई स्वीकार गरि उद्देश्य र मापनका आधारहरु निर्धारण गरेको छ ।

१. आवद्धता तथा करारीय ऐक्यवद्धता
२. स्रोतमा पहूँच र एकरुपता
३. स्तरिय कार्य सञ्चालन
४. सुशासन तथा स्वनियमन

१. करारीय ऐक्यवद्धता : सञ्जालमा संस्थाको अविभाज्यको मापन प्रारम्भिक संस्थाको व्राण्ड व्यवस्थापन र ब्राण्ड निर्माणमा भर पर्दछ । करारीय ऐक्यवद्धतामा केन्द्रीय संघमा आवद्ध सवै संस्थाहरुले औपचारिक सम्झौता गर्नु पर्दछ । जव प्रणालीले मुर्त स्वरुप लिन्छ अमुर्त रुपमा यसले छवि निर्माण र पहिचानको निर्माण गर्दछ ।

त्यतिवेला दर्शकको लागि एकीकृत बित्तीय संस्थाको पहिचान प्राप्त हुन्छ । बित्तीय पहूँच र समावेशीकरणको लागि सम्झौतामूलक ऐक्यवद्धता, संस्थाको आकारमा सन्तुलन, सदस्यता शुल्कमा शुद्धता, आर्थिक प्रतिवेदन, अभिलेख व्यवस्थापन, कागजातको ढाँचाको स्तरीयता र एकरुपता, सफ्टेयरमा एकरुपता, साकोस सुरक्षा प्रणालीमा सहभागिता, जोखिम ब्यवस्थापन, भाखा नाघेको ऋण विवरण मासिक रुपमा पठाउने व्यवस्था, गुणस्तर सुनिश्चितता कार्यक्रममा अनिवार्य सहभागिता र वित्तीय सहकारीमा मात्र अन्तरलगानी कार्यक्रम सहभागिताका विषयमा सञ्जालबीच करारीय ऐक्यवद्धता हुनु पर्दछ ।

१.१ सेवा केन्द्र खोल्न नियन्त्रण :  बित्तीयपहूँच र बित्तीय समावेशीकरणलाई सम्वोधन गर्ने गरी केन्द्रीय संघले संस्थाको स्थापना, सञ्चालन र विकास गर्नु पर्दछ । यसरी सञ्चालन गर्दा कसिलो बजार मापदण्ड, भौगोलिकता र सदस्य संख्याको आधारमा हरेक राजनीतिक इकाईलाई आधार बनाउनु पर्दछ । क्षेत्र विस्तार गर्दा प्रारम्भिक संस्था र संघको बीचमा आपसी भौगोलिक अतिक्रमण हुनुहुँदैन । प्रारम्भिक संस्थाले राष्ट्रिय स्तरको भूगोललाई कार्यक्षेत्र प्राप्त गर्नु असम्भव प्राय हुन्छ ।

१.२ प्रारम्भिक संस्थाको आकारलाई सन्तुलन कायम गर्ने :

आधारभूत तहको व्यावसायिक निकायको रुपमा प्रारम्भिक संस्था रहन्छन । संघ/संस्थाले सदस्यहरुलाई बित्तीय पहूँच र बित्तीय समावेशीकरणलाई आधार मानी निश्चित भूलोगमा जनसंख्याको प्रतिनिधित्व, पूँजीको अवस्था र नागरिहरुको पहूँचलाई आधार वनाउनु पर्दछ । संस्थाको सञ्जालमा आवद्ध गर्न संस्था एकीकरण र कार्यक्षेत्र थप गर्दा केन्द्रीय संघको सिफारिसमा नियामक निकायले स्वीकृति दिनु पर्दछ ।

२.३ बित्तीय मध्यस्तताको साधन :

विश्व ऋण परिषदले तय गरेको सञ्जाल व्यवस्थापनको सिद्धान्त अनुसार केन्द्रीय वित्तीय सहकारीको वित्त प्रणाली आफ्नै सञ्जालमा रहनुपर्दछ । केन्द्रीय संघको अधिनस्त संघ/संस्थाले बित्तीय मध्यस्तकर्ताको केन्द्रीय अन्तरलगानीलाई आधार वनाउनु पर्दछ ।

बचत स्वीकार गर्ने, संस्थालाई ऋण प्रवाह गर्ने, तरलताको व्यवस्थापन गर्ने, स्थिरीकरणकोषको सञ्चालन गर्ने र वचत सुरक्षाको अन्य औजारहरुको प्रवन्ध गर्न केन्द्रीय संघले बित्तीय मध्यस्तकर्ताको भूमिकामा रहनु पर्दछ । अविभाज्य संघीय सञ्जालले नियमावली बनाई सीमित सेवाशुल्क र सञ्चालक खर्च लिई औपचारिक व्यवस्थापनका अन्य साधनको प्रभावकारी प्रयोग गर्नु पर्दछ ।

१.४ आन्तरिक सुरक्षणको उपाय :

प्रारम्भिक सहकारी संस्था र अविभाज्य सञ्जालले कुनै पनि संस्थाको सम्भावित समस्याहरुको प्रभावकारी व्यवस्थापकीय समाधान दिनु
पर्दछ । संस्थाको जोखिम व्यवस्थापनको लागि अविभाज्य सञ्जालले जोखिममा आधारित सुपरीवेक्षण, स्थिरीकरण कोष, आकस्मिक कोष, सदस्य सुरक्षा कोष, बचत सुरक्षण कोष समेतको व्यवस्थापन गरी कोषहरुको नियन्त्रण केन्द्रीय संघको नेतृत्वमा सञ्चालन गरिनु पर्दछ ।

१.५ केन्द्रीय एजेन्सी :  अविभाज्य सञ्जालले कोषको वाह्य स्रोतमा पहूँचको व्यवस्थापन गर्दछ । केन्द्रीय अन्तरलगानी कार्यक्रमको सञ्चालन, कोषहरुको व्यवस्थापन, तरलताको व्यस्थापन, पूँजी बजारमा धन जुटाउने कार्य नेफ्स्कूनले गर्नु पर्दछ ।

केन्द्रीय संघले अन्तराष्ट्रिय वित्त बजारको समेत मध्यस्थता गर्दै सञ्जालभित्र सदस्यको जोखिमलाई साझा समस्या बनाई योगदान गर्नु पर्दछ । राष्ट्रिय रुपमा व्यावसायिक प्रबद्र्धन, सदस्यसँगको सम्वन्ध र अन्तराष्ट्रिय व्यापारिक सम्वन्धका आधारमा केन्द्रीय संघले आफ्नो आन्तरिक व्यवसाय गर्दछ ।


२.स्रोतमा पहूँच र एकरुपता : बित्तीय सहकारी अभियानलाई अन्तरसम्वन्धित सञ्जालमा ल्याउन स्रोतका सवै पक्षलाई स्वीकार गर्नु पर्दछ । आगतलाई समूहमा राख्ने, उत्पादन र सेवामा स्तरीकृत समाधान दिने र अनिवार्य सेवामा संयुक्त आर्जित सम्पत्तिको प्रयोग गर्न नेफ्स्कूनले सेवा र उत्पादनको कुशल व्यवस्थापनको लागि विवेकीय समाधान मार्फत साझा सहयोगी सेवा र गठवन्धनको लागि उत्प्रेरणा दिनु पर्दछ । वित्त प्रणालीलाई औपचारिक बनाउन सूचना र सेवालाई एकीकरण गरी सदस्य सूचना सेवालाई प्रभावकारी बनाउनु पर्दछ ।

स्रोत ब्यक्तिहरुको आदान प्रदान, बस्तु तथा सेवाको प्रयोग, नेफ्स्कून अन्तरलगानीको मूल्य निर्धारण, कर्मचारीको स्तर तथा सुविधा, नेफ्स्कूनद्वारा सञ्चालित वा सिफारिस गरिएका सेवाहरुको उपयोग, साकोसहरुको वर्गीकरण, स्तर निर्धारणमा स्वेच्छिक रुपमा सहभागी हुनेभन्दा पनि बित्तीय सहकारीहरु स्रोेतको वाँडफाँडमा अनिवार्य रुपमा सहभागी हुन नेफ्स्कूनमा आवद्ध हुनु पर्दछ । अनिवार्य आवद्धताले अन्तरसम्बन्धलाई प्रभावकारी र रणनीतिक बनाउँछ । बित्तीय सहकारी अभियानमा स्रोतको बाँडफाँडले प्रस्तुत तीन पक्षलाई सम्वोधन गर्दछ ।

२.१. आगतलाई एकट्ठा राख्ने : संस्थाका आगतहरुलाई एकट्ठा गर्नु पहिलो बाँडफाँड हो । नेफ्स्कूनले निर्धारण गरेका नीति, विधि र प्रविधिलाई प्रारम्भिक संस्थाले आन्तरिकीकरण गर्नु पर्दछ । आवद्ध संघ, संस्थाले अभ्यास गर्ने प्राविधिक समाधान, उत्पादन र सेवा, सम्पूर्ण बित्तीय सेवाको गुणस्तरलाई प्रभावकारी बनाउन नेफ्स्कूनको सहयोगी उत्पादन र सेवामा स्तरीकृत समाधानलाई चुस्त बनाउनु पर्दछ ।

२.२ स्तरीकृत सेवामा पहूँच :  नेपालको सन्दर्भमा संवैधानिक रुपमै राज्यव्यवस्था प्रणालीको तीन तहको उल्लेख गरेको अवस्थामा सहकारी अभियानमा पनि समानजस्यता ल्याउनु पर्दछ । वित्तीय सहकारी संघ संस्थालाई लोकतान्त्रिक अधिनस्ततामा आधारित केन्द्रीयता मार्फत सञ्जालिकृत साकोस अभियान सञ्चालन गर्नु पर्दछ । बचत तथा ऋणको केन्द्रीय संघले माताहतका संघ र संस्थाहरुलाई एकरुपतामा आधारित स्तरीकृत सहयोगी सेवाको दायित्व लिनु पर्दछ ।

केन्द्रीय संघको अनिवार्य दायित्व लिनु पर्ने विषय क्षतिपूर्ति, तरलता व्यवस्थापन, जोखिम र मूल्य निर्धारण तहगत रुपमा फरक भए पनि तालिम, अनुगमन, बित्तीय समाधान, मार्गदर्शन, सेवा र उत्पादनको विकास र अनुगमनको निश्चिततालाई केन्द्रीय संघको दायित्वमा रहन्छ । विद्युतीय बित्तीय सेवा प्रत्येक सहकारी संस्थाका सदस्यलाई उपलब्ध गराउन डेविट र क्रेडिट कार्ड, तलवी विवरण, वित्त र मुद्रा प्रवाहको सेवालाई प्रभावकारी बनाउनु पर्दछ ।

सहयोगी सेवाको सम्वन्धमा कर्मचारी र सञ्चालकहरुको क्षमता अभिबृद्धिको लागि निरन्तर सहभागिता जनाउनु पर्दछ । केन्द्रीय संघले उन्नत सहकारीकर्मी र प्रभावकारी प्रविधिको प्रयोगलाई गुणात्मक वनाउन शिक्षण र प्रशिक्षणलाई प्रभावकारी बनाउनु पर्दछ ।

२.३. संयुक्त स्वामित्व : बित्तीय सहकारीका उत्पादन, सेवा, समाधान र कानूनी संहिताको परिपालनाको संयुक्त स्वामित्व लिनु स्रोत बाँडफाँडका अनिवार्य र आधारभूत विषयहरु हुन । बजारमा प्रतिस्पर्धात्मक स्थान र बित्तीय सक्षमताको लागि बचत तथा ऋण अभियान सञ्जालीकृत र अविभाज्य हुनुपर्दछ । स्थिरीकरण कोष, बचत सुरक्षा कोष, बीमा, गुठी र लगानी प्रबद्र्धन सेवाका सम्वन्धमा पनि संयुक्त स्वामित्वको विषयमा अभियान अविभाज्य हुनु पर्दछ । सबै संघ संस्था मिलेर एक विशिष्टीकृत संघको कल्पना सहकारी ऐन २०७४ ले पनि गरेको छ ।

३. स्तरीय कार्यसञ्चालन :  अविभाजित बचत तथा ऋण अभियानको सञ्चालन प्रणालीको प्रभावकारिता, संस्थागत छविमा निर्माण, व्यवस्थापन र विकास एकरुपता कायम गर्न केन्द्रीयतामा अधिनस्तताको आधारमा संस्थाहरुलाई स्तरीकृत गर्नु पर्दछ । स्तरीकरणको लागि प्रारम्भिक संस्थामा प्रभावकारी कार्यसम्पादन मार्फत सदस्यको सन्तुष्टिलाई ध्यान दिनु पर्दछ । सञ्जालले अन्य बित्तीय प्रदायकको वीचमा प्रतिस्पर्धात्मक स्थान कायम राख्न एकरुपता प्रणाली, साझा वुझाइ र नियामक मापदण्डहरुको निर्माण गर्नु पर्दछ ।

प्रारम्भिक संस्थाको नियामक मापदण्डको आधारमा प्रणालीमा स्तरीयता कायम राखी अभियानलाई उच्च स्तरमा लानु पर्दछ । नियामक मापदण्डमा कठोर केन्द्रीयता मार्फत बित्तीय सहकारीको सञ्चालन गर्नु पर्दछ । स्वतन्त्र प्रतिस्पर्धी नेटवर्कमा सबै तहका संघ संस्थाहरु आफ्नै ढंगले सञ्चालित हुन्छन ।

ती संस्थाहरुको छवि निर्माण, प्रणाली सम्भार, नीति र प्रविधिमा एकरुपता कायम हुन्छ । अविभाजित साकोसमा केन्द्रीय सञ्जालमा आबद्ध साकोसका हरेक सदस्यहरुले सबै साकोसमा अपनत्व र स्वामित्वको अनुभूति गर्दछन् । फरक बजारमा पनि अविभाजित सञ्जाल भित्र रहेका साकोसका सबै सेवा र उत्पादनमा, विधि, नीति र प्रविधिमा उस्तै फेसन, प्रभावकारी सञ्चालन र कुशल व्यवस्थापनमा उस्तै कार्यकु््शलता वीचमा प्रतिस्पर्धात्मक प्रर्दशन गर्दछन ।

अविभाजित अभियानमा साकोसका स्तरीकृत प्रणालीको आधारभूत तत्वहरु

३.१. सञ्चालन प्रणालीमा एकरुपता प्रणाली
३.२. नीति, विधि र प्रविधिमा एकरुपता प्रणाली
३.३. उत्पादन र सेवामा एकरुपता
३.४. संस्थागत छविमा एकरुपता

३.१. सञ्चालन प्रणालीमा एकरुपता प्रणाली

सञ्चालनको लागि अभियानका वित्तीय संस्थाको कार्यालयको ब्राण्ड रङ, तथा नीति विधि र प्रविधिमा एकरुपता कायम गर्नु पर्दछ । पहिलो प्रभाव पार्ने पक्ष बचत तथा ऋणका उत्पादनहरुले नै हो । यसले लेखा प्रणाली, कार्यविधि, आवेदन फारम, नियन्त्रण प्रणाली र सूचना व्यबस्थापन प्रणाली, हार्डवेर र सफ्टवेर प्रणाली, बित्त र मानवसंशाधन प्रणालीमा एकरुपता कायम गरी सञ्चालन प्रणालीमा समेत एकरुपता ल्याउनु पर्दछ ।

३.२. विधि, नीति र प्रविधिमा एकरुपता :

बित्तीय सहकारीलाई सञ्चालन गर्न विश्व ऋण परिषदले विधि अर्थात सिद्धान्तहरु प्रतिपादित गरेको छ । ती विधिहरुमा ः सदस्य सुरक्षा सिद्धान्त, सुशासनको सिद्धान्त, सञ्चालनका सिद्धान्त र सुरक्षा र सुदृढताको सिद्धान्त छन् जसको आधारमा संस्थाहरु निर्देशित हुन्छन् जसको आधारमा राज्यका कानुन र नियमावलीहरु बन्दछन् । संस्थाको लक्ष्य र उद्देश्य प्राप्त गर्न यी प्रस्तुत सिद्धान्तको मातहतमा केन्द्रीय संघले स्वीकृत गरेका आधारभूत नीतिहरु संस्थाले अभ्यास गर्दछन् । यस्तो अवस्थामा नेफ्स्कून नीतिहरु कार्यान्वयनको लागि उत्तरदायी हुनु पर्दछ । नीतिगत केन्द्रीयताको आधारमा प्रत्येक संघ संस्थाहरुले केन्द्रीय संघको साधारण सभामार्फत प्रतिनिधिमूलक सहभागितामा नीतिहरु निर्माण गर्दछन् । पारित गरिएका नीतिलाई संघ÷संस्थाले अनिवार्य रुपमा अवलम्वन गर्दछन र संघ÷संस्थाहरु यसलाई पालना गर्न प्रतिवद्ध रहन्छन ।

३.३. उत्पादन र सेवाको स्तरीयता

उत्पादन र सेवाको स्तरीयता अविभाज्य अभियानको एक प्रक्रिया हो । प्रारम्भिक संस्थाले बजारको आवश्यकताको आधारमा प्रतिस्पर्धात्मक स्तरलाई कायम राख्नु पर्दछ । यसरी प्रतिस्पर्धात्मक स्तरलाई कायम राख्दा अविभाज्यताको आधारभूत मान्यतालाई आत्मसात गर्नु पर्दछ ।

अविभाज्य सञ्जालका सदस्यले सबै साकोसबाट समान स्तरका सेवा र उत्पादन पाउन सकुन भन्ने विषयमा केन्द्रीय संघ सजग हुुनु पर्दछ । प्रारम्भिक संस्थाले आफ्ना उत्पादन र सेवा सदस्यको उपयोगी छ । सो विषयमा उत्पादन र सेवालाई विकास गर्न सञ्जाललाई सूचित गर्नु पर्दछ । अविभाज्य सञ्जालले उत्पादन र सेवा बितरणमा अनुकुलताको आधारमा स्रोतको उपयुक्त बाँडफाँड गर्नु पर्दछ ।

३.४ संस्थागत छवि :

छवि निर्माण कुनै संगठित संस्थाको प्रस्ट र विस्तारित कल्पना मात्रै होइन यो हरेक ब्यक्तिमा संस्था प्रतिको अवधारणा र अनुभूति हो । छवि मानिसको चेतनामा वास्तविकताको प्रतिविम्बको त्यो स्वरुप हो जुन संगठनात्मक चरित्रको माध्यमले प्रकट हुन्छ । छविले आम नागरिकमा विश्वसनियता, आचरण, गुणस्तरीय सेवाको प्रत्याभूतिको प्रस्तुति गर्दछ । अविभाज्य संघीय संरचनामा छविले आफ्नो संगठनको विशिष्ट व्यानर र राष्ट्रिय बजारीकरणको रणनीतिलाई सम्वोधन गर्दछ । अविभाज्य संरचनामा कानूनी दृष्टिकोणबाट हरेक प्रारम्भिक संस्था एउटा हुन्छ र बजारको छविको रुपमा एकरुपता प्रणालीलाई स्वीकार गरेको हुन्छ ।

केन्द्रीय संघ संस्थाको छवि कायम राख्न र नागरिकहरुमा प्रभाव पार्न र धारणा बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । नेफ्स्कूनको ऐक्यवद्धता लोगो प्रयोग गर्दा एकीकृत साकोस सञ्जाल विकास कार्यक्रममा समाविष्ट संस्थाले मात्र प्रयोग गर्न पाउने छन । ऐक्यवद्धता लोगो प्रयोग गर्दा एकरुपता सम्वन्धी कम्तीमा तोकिए बमोजिमका सञ्चालन विधि पुरा गरेको हुनुपर्नेछ ।

कुनै संघ संस्थाहरुमा प्रतिनिधित्व गर्दा अर्थात सद्भाव भ्रमणमा जाँदा योग्यता पुरा गरेको ब्यक्तिले मात्र सहभागी हुन पाउने ब्यवस्था मिलाउनुपर्नेछ । समुदाय प्रति चासो र वातावरण सहित कम्तीमा संस्थाको बर्गीकरण अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । सदस्य कल्याण कार्यक्रम अन्तर्गत संस्थाको वर्गिकरण अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । ब्राण्ड ब्यवस्थापनमा एकरुपता ल्याउन कार्यालय ब्यवस्थापन, रङग रोगन, साइनवोर्ड, शेयर प्रमाण पत्र, परिचय पत्र, लेटर प्याड, कागजात लगायतका विषयलाई एकरुपता व्राण्डमा स्तरीयता कायम गर्नुपर्नेछ ।

४.१ अविभाज्य संघीय सञ्जालमा आन्तरिक रणनीति र कानूनी संहिताको माध्यमबाट सुशासनको प्रबद्र्धन गर्ने आयामहरु ः

लोकतान्त्रिक नियन्त्रणमा आधारित संरचना र केन्द्रीकृत अधिकार
अधीनस्तको सिद्धान्तलाई सम्मान
निगरानी र अनुगमन
आवद्धता र निस्कासन

लोकतान्त्रिक नियन्त्रणमा आधारित संरचना र केन्द्रीकृत अधिकार :

सहकारी अभियानको अन्तराष्ट्रिय सिद्धान्तलाई सम्मान गर्दै अविभाज्य संघीय प्रणालीमा प्रारम्भिक संस्थाले आफ्नो निर्णय प्रक्रियाको स्वाधीनता आफैसँग हुने तथ्यलाई मनन गर्दै निश्चित शक्ति आफू आवद्ध रहेको केन्द्रीय संघलाई प्रत्यायोजन गरेका हुन्छन । केन्द्रीय संघले एकरुपता प्रणाली कार्यान्वयन गरि उक्त प्रणालीमा आवद्ध र निस्कासित हुने अधिकार प्रारम्भिक संस्थालाई दिएको हुन्छ ।

आवद्ध संस्थाहरुको प्रतिस्पर्धात्मक स्थानलाई कामय राख्न केन्द्रीय संघले निश्चित गरेका स्तरीकरणमा आधारित मापदण्ड कार्यान्वयन गरी प्रारम्भिक संस्थाहरुलाई अविभाज्य संरचनाले निर्धारण गरेका आधारभूत विशेषज्ञताको पहूँचलाई सुनिश्चित गर्नु पर्दछ । प्रारम्भिक संस्थाले आफ्नो प्रतिस्पर्धात्मक छवि र स्तरीकरणलाई कायम राख्न बित्तीय सक्षमतालाई सुदृढ गर्नु पर्दछ । अविभाज्य संघीय सञ्जालले आफ्ना निर्णय र झुकावलाई निरन्तर प्रमाणीकरण गर्न कामहरुलाई परामर्शदात्री संयन्त्र र प्रभावकारी लोकतन्त्रलाई मध्यनजर गरी केन्द्रीकृत गरेको हुन्छ ।

४.२ अधीनस्तको सिद्धान्तलाई सम्मान

अधीनस्तको सिद्धान्तलाई सम्मान गर्न केन्द्रीय संघको मातहतमा स्वायत्तताको अवधारणालाई संघ÷संस्थाले स्वीकार गरेका हुन्छन् । मातहतमा रहने मापदण्डहरु साझा उत्तरदायित्वको रुपमा अविभाज्य सञ्जालका सदस्यले स्वीकार गर्दछन । केन्द्रीय संघले सञ्जालमा आवद्ध प्रारम्भिक संस्थाको क्रियाकलापलाई स्तरीकरण गर्न कार्यक्रमहरु निर्धारण गर्दछन् ।

समुदायमा सम्पूर्ण बित्तीय समाधान कायम राख्न अधीनस्तको सिद्धान्तमा केन्द्रीय संघको मातहतमा प्रारम्भिक संस्था रहन्छन् । प्रारम्भिक संस्थाले आफ्नो लक्ष्य र उद्देश्य हासिल गर्न स्वायत्त, स्वाधीन र अधिकार सम्पन्न हुन्छ तर केन्द्रीय संघले तोकेका समाधानहरुको सुरुवात गर्नु र दायित्व लिनु प्रारम्भिक संस्थाको कर्तव्य हुन्छ । तीन तह भएको अवस्थामा केन्द्रीय संघको मातहतमा संघरसंस्था रहनु पर्दछ । निर्णय कार्यान्वयन गर्न विरोधाभाष भएमा केन्द्रीय संघको निर्णयको प्रधानतामा मातहतमा संघ/संस्थाले निर्णय लिनु पर्दछ ।

सबै बित्तीय सहकारीहरु केन्द्रीय संघमा अनिवार्य आवद्ध हुनु पर्दछ । सबै संघ संस्थाहरु प्रतिनिधिमूलक रुपमा रहेको केन्द्रीय संघको साधारण सभाको मातहतमा रहन्छन् । केन्द्रीय समितिको मातहतमा आफ्ना विषयगत संघ/संस्था रहनु पर्दछ । केन्द्रीय तहको मातहतमा तल्ला तहका संघ÷संस्थाको सञ्चालन, व्यवस्थापन, अनुगमन र प्रवद्र्धन नै अधीनस्तताको सिद्धान्तको आधारभूत अवधारणा हो । मातहतका संघ÷संस्थाको आवश्यकता र उद्देश्य पुरा गर्न केन्द्रीय संघले अनिवार्य रुपमा अनुमगन, परामर्श र सुझाव दिनु पर्दछ ।

व्यवसायिक केन्द्रीयताको सञ्चालनका लागि केन्द्रीय संघ र सदस्य संघ.संस्थाको स्वमित्व, लोकतान्त्रिक नियन्त्रण प्रक्रियामा सहभागिता र स्रोतको बाँडफाँडबाट फाइदा प्राप्तिको हक करारको आधारमा तय गरिनु पर्दछ ।

केन्द्रीय संघको निर्णयको कार्यान्वयनमा प्रारम्भिक संस्थाको दायित्व रहने भएकाले लोकतान्त्रिक नियन्त्रणलाई मर्यादित वनाउन र केन्द्रीय संघको शोषणबाट संघ/संस्थालाई मुक्त राख्न यो सिद्धान्तले साधारण सभाको सर्वोच्चता, एक व्यक्ति एक मत, आवधिक निर्वाचन र हरेक प्रतिनिधिको चुन्ने तथा चुनिने स्वतन्त्रता सुरक्षाको आधारमा सन्तुलन कायम गर्नु पर्दछ । यो सिद्धान्तले स्रोतको प्राप्तिमा अनुकूलता र अतिक्रमणलाई निषेध गरेको हुन्छ ।

४.३ निगरानी र अनुगमन

अविभाज्य सञ्जालले संस्थाको सङ्गठनात्मक रचनाको आन्तरिक सुपरीवेक्षण गर्दछ । प्रत्यायोजित अथवा सहायक कार्यको विषयमा सञ्जालका सदस्य संस्थाको संगठनको निगरानी अविभाज्य सञ्जालको मुख्य कार्य हो । अविभाज्य सञ्जालले राज्यको अनुमतिमा संस्थाले कानूनी संहिताको पालना गर्ने, केन्द्रीय संघलाई कानूनी रुपमा प्राप्त अनुगमनको अधिकारलाई संघहरुसँग सहकार्य गर्नु पर्दछ ।

अविभाज्य सञ्जालले कठोर विवेकपूर्ण मान्यता, सदस्य सूचना प्रणाली, आफ्नै सुरक्षा कोषको स्थापना, अपराधिक र समस्याग्रस्त भएका सञ्जालका सदस्यको निगरानी सुपरीवेक्षण, हस्तक्षेप गर्ने र समस्याग्रस्त भएको घोषणा गर्ने अधिकार दिइन्छ । अन्तराष्ट्रिय कुशल अभ्यासलाई हेर्दा डेजारडिन क्यानडा, राइफाइसन फेडेरेसन जर्मनी, नाकुफोक कोरिया लगायतका देशहरुमा केन्द्रीय संघको साधारण सभाप्रति उत्तरदायी हुने नियुक्त र बरखास्त गर्ने गरी वनेको स्वतन्त्र व्यूरोले नियामक निकायको अनुसार प्रत्यायोजित अधिकारको प्रयोग गर्दछन ।

४.४ आवद्धता र निस्कासन :

सञ्जालले आवद्धता र निस्कासनको विषय कडा रुपमा पालना गर्छ । यो अविभाज्य सञ्जालको महत्वपूर्ण कार्य हो । आवद्धता र निस्कासनको विषय सञ्जालले सदस्यसँग गरेको करारीय सम्वन्धका आधारमा निर्भर गर्दछ । सञ्जालले आबद्धताको लागि सम्बन्धित संघ संस्थालाई करारीय स्वेच्छिकता दिएको हुन्छ ।

साकोस डटकमबाट

प्रकाशित मितिः     2:25:35 PM  |