कोहलपुर ४ भदौ : समुदाय स्तरमा कोरोना फैलिएको भन्दै कोहलपुर नगरपालिकाले लकडाउन ५ दिन थप गर्ने निर्णय गरेको छ ।
कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले समुदाय स्तरमा कोरोना फैलिएको भन्दै भदौ १० गते सम्म बन्दाबन्दि थप गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले बताए ।
बिहीवार नगर प्रमुख लूट बहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा समूदाय स्तरमा कोरोना संक्रमण बढेकाले बन्दाबन्दीलाई थप गर्ने प्रस्तावलाई सर्वसहमतिले पास गर्दै भदौ ६ गतेदेखि थप कडा बनाउने निर्णय भएको छ । आवागमन र चहलपहललाई नियन्त्रण गर्ने निर्णय भएको छ ।
बैठकले नगर क्षेत्र भित्र एम्वुलेन्स,शववहान र अतिआवश्यक सेवाका ढुवानीका साधन बाहेक नगरपालिकाको कार्यालय,सवै वडा कार्यालय र शाखा कार्यालयहरु, नगरपालिका क्षेत्र भित्र रहेका सबै सरकारी तथा गैरसरकारी संघ संस्था, बैंक तथा वित्तिय संस्था, होटेल रेष्टुरेन्ट, उद्योग व्यवसाय तथा बजार, शिक्षण संस्था सबै बन्द गर्ने निर्णय गरेको छ ।