नेपालगन्ज मेडिकल कलेजबाट प्रसुती सेवा लिने धेरै


नेपालगन्ज ४ भदौ :  आमा सुरक्षा कार्यक्रम अन्र्तगत नेपालगन्ज मेडिकल कलेजमा सबैभन्दा धेरैले सेवा लिने गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७६/ ७७ मा नेपालगञ्ज मेडिकल कलेजले ३ हजार २२ जनालाई प्रसुति सेवा प्रदान गरेको छ ।

नेपालगञ्ज नगर क्षेत्रभित्र भेरी अस्पताल बाहेक ३ हजार ९ सय १५ जना महिलाले निःशुल्क प्रसुति सेवा प्राप्त गरेका छन् । सामान्य प्रसुति सेवा लिनेको संख्या २ हजार ६ सय ९ रहेको छ । जटिलतायुक्त सेवा लिने ४ सय ७३ रहेको र शल्यक्रियाको सेवा लिने ८ सय ३३ जना रहेका छन् ।

नेपालगञ्ज उपमहानगरपलिकाभित्र आफ्नै ४ वटा बर्थिङ्ग सेन्टर रहेका छन् । चार वटा बर्थिङ्ग सेन्टर मध्य उदयपुर स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरले सबैभन्दा धेरै ४५५ जनालाई प्रसुति सेवा प्रदान गरेको छ ।

स्वास्थ्य चौकी मनिकापुरले २१५, स्वास्थ्य चौकी जैसपुरले १५६ जना र स्वास्थ्य चौकी पुरैनीले जम्मा ६६ जनालाई प्रसुति सेवा प्रदान गरेको छ । नेपालगञ्जका चार वटा बर्थिङ्ग सेन्टरले ८९३ जनालाई निःशुल्क प्रसुति सेवा प्रदान गरेको छ, भने

आ।ब २०७६र०७७ मा प्रसुति सेवा प्रदान गरे वापत उदयपुर स्वास्थ्य चौकीलाई रु १३ लाख ३१ हजार ६ सय, मनिकापुर स्वास्थ्यचौकीलाई रु ५ लाख, १९ हजार २ सय, जैसपुर स्वास्थ्य चौकीलाई ४ लाख ४ हजार ४ सय र पुरैनी स्वास्थ्य चौकीलाई १ लाख ६७ हजार ६ सय सोधभर्ना गरिएको छ, भने नेपालगन्ज मेडिकल कलेजलाई १ करोड ३० लाख ६२ हजार २ सय सोध भर्ना वापतको रकम प्रदान गरिएको छ ।

नेपालगञ्ज भित्रका बर्थिङ सेन्टरले सेवा दिएका ८९३ जनामध्ये ६२१ जनाले मात्र प्रोटोकल अनुसार ४,६,८ र ९ महिनामा गर्भ जाँच गरी उत्प्रेरणाको रकम प्राप्त गरेका छन्, भने नेपालगञ्ज मेडिकल कलेजले सेवा दिएका ३०२२ मध्ये १८४ ले मात्र सो उत्प्रेरणा अनुसारको रकम प्राप्त गरेका छन् ।

मेडिकल कलेजले १७८८ जनालाई सामान्य प्रसुति सेवा प्रदान गरेको छ, भने ४०१ जनालाई जटिलतायुक्त सेवा र ८३३ जनालाई शल्यक्रिया सेवा प्रदान गरेको छ । खर्च रकम मध्ये ३५ लाख ३ हजार सामान्य प्रसुति सेवाको लागि, १४ लाख १९ हजार जटिलतायुक्त र ५८ लाख ३१ हजार शल्यक्रिया सेवामा खर्च भएको छ, भने सेवाग्राहीलाई यातायात बापत रु ३८ लाख ८८ हजार खर्च भएको छ ।

४ पटक प्रोटोकल अनुुसार गर्भ जाँच गरे वापतको रु ६ लाख ४४ हजार र एन्टिडि दिए वापत रु २ लाख सोध भर्ना गरिएको छ । यस बर्ष न्यानो झोला खरिदमा ५ लाख खर्च गरिएको छ । यस वर्षदेखि भवानीयापुर स्वास्थ्य चौकीको वर्थिङ्ग सेन्टर संचालनमा ल्याउने योजना रहेको छ ।

बाँकेमा यस वर्ष मातृ मुत्यु जम्मा १२ वटा भएको छ भने नेपालगञ्जमा भवानीयापुर १ र मनिकापुरमा १ गरी जम्मा २ वटा आमाहरुको मुत्यु भएको छ । आमा सुरक्षा कार्यक्रम अन्र्तत नेपालगञ्ज उपमहानगरपालिकाले १ करोड, ५९ लाख ८५ हजार खर्च गरेको अनमी सितला खड्काले बताइन ।
नेपाल विश्वव्यापी रुपमा देशको उच्च मातृ तथा बाल मृत्युलाई न्युन बनाई सहश्राव्दि विकास लक्ष्य पुरा गरी सुरक्षित मातृ तथा बाल स्वास्थ्य सुधारमा गरेको योगदानलाई चिनाई विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार समेत पाउन सफल भएको हो ।
आगामी दिनमा उक्त उपलब्धीलाई संस्थागत गर्दै देशको परिवर्तित संरचनामा नेपालले दिगो विकास लक्ष्य २०३० सम्ममा पुरा गर्ने मातृ मृत्यु दरलाई प्रति लाख ७०, नवजात शिशु मृत्युलाई १२ र बाल मृत्युलाई २० मा झार्ने लक्ष्य राखेको छ ।

यस बर्ष कोरोनाका कारण आमा सुरक्षा कार्यक्रम अन्तर्गत हालसम्म गरिएका उपलब्धीहरुमा केहि असर पर्ने देखिन्छ । यो कार्यक्रम अन्य कार्यक्रम तथा उपचार जस्तो नभएका कारण सावधानी र सुरक्षाका उपायहरु अपनाई ३६५ दिन २४ सै घण्टा उपलब्ध गराउनुपर्ने भएको हुदाँ अझ चुनौतिपुर्ण रहेको छ ।

नेपालगञ्ज उपमहानगरपलिकामा नेपाल सरकारले जारी गरेको “कोरोना भाइरस रोग ९कोभिड–१९० विश्व महामारी समस्यामा प्रजनन्, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाको लागि अन्तरिम मार्गदर्शन” एस।एस वि।एचको सहयोगमा स्वास्थ्य शाखा र यस अन्तर्गतका स्वास्थ्य संस्थाका कर्मचारीहरुमा छलफल गरिसकेको छ ।

यस महामारीका बखत हाम्रा संस्थाहरुमा भएका भौतिक पूर्वाधारहरु, सिमित स्वास्थ्यकर्मी, न्युन प्राथमिकताका साथ पठाइने मास्क, ग्लोब्स र सिमित पि।पि।ई ले स्तरीय सेवा प्रदान गर्न कठिनाई भई रहेको छ ।

जब गर्भवती आमा सुत्केरी गराउनका निम्ति आउँछिन् उनको पिसिआर गरिएको छ वा छैन ? उनलाई खोकी, ज्वरो, घाँटी दुखेको छ÷छैन रु भन्ने भन्दा पनि सुत्केरी कुन स्टेजमा छ र जोखिम न्युनिकरण गर्न ध्यान दिनुपर्ने हुन्छ ।

सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई नै प्रयाप्त सुरक्षाका सामाग्री उपलब्ध गराउन कठिन अवस्थामा गर्भवतीसंग आउने परिवारलाई पनि सुरक्षा सामाग्री प्रदान गर्न नसकिने अवस्था रहेको छ । हालसम्म क्वारेन्टाइन, आइसोलेसन, अस्पतालहरु मात्र प्राथमिकतामा रहेको तर अत्यावश्यक सेवा २४ सै घण्टा प्रदान गरिरहेका बर्थिङ्ग सेन्टरहरु प्राथमिकतामा परेका छैनन् ।

मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, ए।एन।सी, न्यानो झोला, भिटामिन के, म्यागनेसियम सल्फेट, क्यास्यिम गुल्कोनेट र निःशुल्क गर्भपतन कार्यक्रमका लागि सबै स्थानीय तहमा बजेट व्यवस्थापन गरिएकोमा

उक्त रकम गर्भवती तथा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउन, सेवाग्राही गर्भवती तथा प्रसूति सेवा लिन आए वापत यातायात खर्च तराई क्षेत्रका लागि रु १०००।–, प्रोटोकल अनुसार कम्तिमा चार पटक ४,६,८ र ९ महिनामा गर्भ जाँच सेवा लिई स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलालाई स्वास्थ्य संस्थाबाट डिस्चार्ज भै जाने बेला रु ८००।– गर्भवती तथा प्रसूति उत्प्रेरणा सेवा वापत भुक्तानी दिन, प्रसूति सेवा दिए वापत स्वास्थ्य संस्था २५ शैय्यादेखि माथिका अस्पताललाई रु १५००।– र २५ शैय्या भन्दा कमलाई रु १०००।–, जटिलतायुक्त प्रसूति सेवाको लागि
रु ३०००।–, शल्यक्रिया सेवाको खर्चको शोध भर्ना वापत रु ७,०००।– र एन्टि डि दिनुपर्ने अवस्थामा निःशुल्क उपलब्ध गराए बापत प्रति केश रु ५,०००।–प्रदान गर्न न्यानो झोला खरिद गर्न खर्च गरेको हो ।

प्रकाशित मितिः     ४ भाद्र २०७७, बिहीबार २२:०२  |