नेपालगन्ज ५ भदौ : नेपालगन्जमा शुक्रवार १४ जना संक्रमित थपिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार नेपालगन्जबाट १४, राप्तिसोनारी २ बर्दियाको बासगढीबाट ६ जना संक्रमित थपिएका छ्न ।
नेपालगन्जमा थपिएका संक्रमितमा नेपाल लिमिटेड धम्वोझी शाखाका एकजना सुरक्षा गार्ड छन् त्यस्तै सांग्रिला बैंकका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।