बर्दियामा भोलिदेखि जोरबिजोरमा गाडीदेखि पसलसम्म सन्चालन गर्न दिइने,सावधानी अनिवार्य


नेपालगन्ज ५ भदौ :  बर्दियामा साउन २५ गतेदेखि लागु भएको निषेधाज्ञा हटेको छ । कोरोना संक्रमदर बढ्दै गएपछि साउन २५ गतेदेखि लागु भई भदौ ५ गते शुक्रवार राती १२ बजेसम्म निषेधाज्ञा लागु गरिएको थियो ।

निषेधाज्ञा सकिनुपूर्व बिहिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा थप्ने निर्णय नगरेपनि स्वास्थ्य सावधानीका विषयमा भने कडाई गर्ने गरी आदेश जारी गरेको छ । निषेधाज्ञा नभए पनि अब बर्दियामा स्वास्थ्य सावधानीका विषयमा कडा निगरानी गरिने भएको छ ।

बर्दियामा अब होटल तथा रेष्टुरेन्टमा तयार भएका परिवार घरमै लैजान पाइने छ भने सम्पूर्ण पसलहरु शनिवार बाहेक बिहान ९ बजेदेखि ५ बजेसम्म सन्चालन गर्न दिइने छ ।


प्रशासनले बर्दियामा जोरबिजोर प्रणालीका आधारमा सवारीसाधन सन्चालन गर्न दिने भएको छ भने जोर गतेमा जोर नम्बर र बिजोर गतेमा बिजोर नम्बरका गाडी सन्चालन हुन पाउने छन् ।

भारतबाट मानिसहरु आउन पूर्णरुपमा निषेध गरिएको छ भने सामाजिक एवंं धार्मिक गतिविधि घरमै सीमित राख्न कडा निर्देशन दिइएको छ । जभाथावी बाहिर ननिस्किन र निस्किनै परे स्वास्थ्य सावधानी अपनाउन भनिएको छ । अन्यथा कडा कारवाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।

प्रकाशित मितिः     6:00:57 PM  |