जुन विमानस्थलले वर्षौँदेखि जहाजै देख्न पाएनन्


सडकको पहुँच नहुँदा जिल्ला–जिल्लामा बनाइएका विमानस्थल सडक पुगेपछि बन्द भएका छन्। पञ्चायतकालमा काठमाडौंको पहुँच जिल्लामा पुर्‍याउनको लागि विमानस्थल निर्माणलाई प्राथमिकता दिइएको थियो।

२०४६ को आन्दोलनपछि बनेका सरकारले गाउँ–गाउँमा बाटो पुर्‍याउन ठूलो खर्च गरेसँगै अधिकांश विमानस्थल बन्दप्रायः भएका हुन्। नेपालमा हाल ५४ विमानस्थलमध्ये २२ वटा विमानस्थल पूर्ण बन्द छन्। त्यसमा केही नयाँ विमानस्थल भए पनि अधिकांश पुरानै विमानस्थल हुन्।

जिल्लामा सडकको पहुँच पुगेपछि मानिस बसरजिपको प्रयोग गर्ने बढे भने हवाइ यात्रु अभाव हुँदा विमानस्थल बन्द भए। पछिल्लो समय नेताको दबाबमा केही स्थानमा फेरि नयाँ विमानस्थल बन्दै छन् भने कतिपय स्थानमा सरकारले नै बनाउने योजना बनाइरहेको छ।
पूर्णरुपमा बन्द भएका विमानस्थल सञ्चालन गर्ने भन्दै केही विमानस्थलमा बजेट विनियोजन गरिए पनि चल्ने नचल्ने टुंगो छैन। सडकको पहुँच राम्रो, मानिसको आयस्रोत कम भएको अवस्थामा ती विमानस्थल कसरी चल्छन्, कुनै योजना छैन ।

लामो समय बन्द भएका विमानस्थल के गर्ने भन्ने सरकारले कुनै योजना बनाउन सकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ विमानस्थल आवश्यकताको आधारमा बनाउने र पुराना विमानस्थललाई नियमित उडान सम्भव नभए साहसिक खेलकुदको लागि प्रयोग गर्ने बताउँदै आएका छन्। तर नेताको दबाबमा नयाँ विमानस्थलको लागि बजेट छुट्याइएको छ भने पुराना विमानस्थल के गर्ने भनेर कार्ययोजना बनाउन अझै सकिएको छैन।
लामो समय बन्द भएका केही विमानस्थल पशु चर्ने चउर ९ठाउँ० बनेका छन् भने केही भूमाफियाको मिचाइमा परेका छन्। यी विमानस्थलको संरक्षण वा के गर्ने कुनै योजना सरकारसँग छैन।

बाग्लुङको ढोरपाटनमा पुरानो विमानस्थल रहेको छ। विमानस्थल ढोरपाटन शिकार आरक्षण केन्द्रमा अवस्थित छ। सन् १९७३ मा सुचारु भएको विमानस्थल अहिले पूर्णरुपमा बन्द छ। विमानस्थलको रन वे ३६५ मिटर लम्बाइ छ ।

चितवनको मेघौली एयरपोर्ट बेलायती महारानी एलिजावेथ र प्रिन्स फिलिप सन् १९६१ मा चितवन आउँदा निर्माण गरिएको थियो। सन् १९८२ मा हात्ती पोलो विश्वकप उक्त हवाइ क्षेत्रमा खेलिएको थियो।

लामो समय बन्द रहेको विमानस्थल सन् २०१६ सालमा पुनः खुला गरी चार्टर्ड उडान समेत गरिएको थियो। सन् २०१७ मा नेपाल एयरलाइन्सले पुनः नियमित उडान सुरु गरेको थियो। तर चितवनमै भरतपुर विमानस्थल सञ्चालनमा रहेकाले मेघौली चल्न सकेको छैन। यो विमानस्थलको रनवे १ हजार ८५ मिटर रहेको छ।

अछामको साफे बगर विमानस्थल सञ्चालनमा आएसँगै कमलबजार एयरपोर्ट लामो समयदेखि बन्द अवस्थामा छ। कमलबजार विमानस्थलमा २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले आक्रमण गरेको थियो।

मनाङ एयरपोर्ट १९८१ मा विमानस्थल सुचारु भएको थियो। २०१५ मा कालोपत्रे गरी रन वे पुनर्निर्माण गरिएको थियो। रन वे ६५० मिटर लम्बाइ रहेको छ। सन् २०१२ देखि त्यहाँ नियमित उडान भएको छैन। त्यसअघि नेपाल एयरलाइन्स र तारा एयरले काठमाडौं र पोखरा उडान गरेका थिए।

दोलखाको जिरी एयरपोर्ट सन् १९७६ बाट विमानस्थल सञ्चालनमा आएको थियो। लिंकन नगरपालिकामा रहेको विमानस्थलको रन वे ३६० मिटर लम्बाइ छ।

रसुवाको लाङटाङ एयरपोर्ट पनि अहिले पूर्ण रुपमा बन्द छ। विमानस्थलको रनवे ४२० मिटर लम्बाइ छ।

कंगेलडानन्द एयरपोर्ट सोलुखुम्बु पनि पूर्णरुपमा बन्द छ। विमानस्थल क्षेत्रमा पहिरो गएकाले पहिरो नियन्त्रणको काम भइरहेको छ।

रोल्पा एयरपोर्ट बडाचौर नगरपालिकामा रहेको छ। सन् १९८० मा सञ्चालनमा आएको विमानस्थलको रन वे ४५७ मिटर लम्बाइ छ। अहिले पूर्णरुपमा बन्द छ।


कैलालीको टीकापुर एयरपोर्ट सन् १९८४ मा सञ्चालनमा आएको थियो। यसको रन वे ५७३ मिटरको लम्बाइ छ। रन वे ग्राभेल अवस्थामा छ।

चल्न नसकेका तर अहिले पुनर्निर्माणको काम भइरहेका विमानस्थल
पालुङटार एयरपोर्ट गोरखामा रन वे, अप्रोन र ट्याक्सी वे सबबेस र तारवारको काम भइरहेको छ। विमानस्थल वि।सं। २०१६ मा खुल्ला गरिएको थियो। पछि वि।सं। २०३५ सालमै बन्द भएको थियो।

गोरखा एयरपोर्ट १ हजार ६७ मिटरको रहेको छ। अहिले नियमित उडान नभए पनि १९७९ मा नेपाल एयरलाइन्सले केही रुटमा उडान गरेको थियो।

बाग्लुङ बलेवा एयरपोर्ट सञ्चालनको लागि प्रयास गरे पनि यात्रु नपाएको भन्दै तारा एयर र नेपाल एयरलाइन्सले गरिरहेको नियमित उडान बन्द भएको छ। विमानस्थलको रन वे, अप्रोन र ट्याक्सी वे निर्माण भइरहेको छ।

यो पनिः
हचुवामै बनिरहेका छन् विमानस्थल, कहाँ कति कति पोखिँदै छ बजेटरु

वि।सं। २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर वि।सं। २०३५ सालबाट उडान अवतरण सुरु भएको बैतडी ९पाटन० विमानस्थल वि।सं। २०५२ सालदेखि चल्नसकेको छैन।

पहिलोपटक ओली प्रधानमन्त्री भएको बेला दामोदर भण्डरी अर्थ राज्यमन्त्री हुँदा विमानस्थल पुनः सञ्चालनका लागि २०७२र२०७३ मा बजेट विनियोजन गरिएको थियो। रन वे ५९० मिटर लम्बाइ र २० मिटर चौडाइ छ।

२०३५ मा सञ्चालनमा आएको बझाङ विमानस्थल २०६५ सालबाट बन्द भएको थियो। विमानस्थलको रन वे, अप्रोन र ट्याक्सी वे पूरा भएको छ।

डोल्पा मसिनेचौर एयरपोर्ट रन वे, अप्रोन र ट्याक्सी वे पूरा हुने चरणमा छ। रन वे ६३० मिटर लम्बाइ २० मिटर चौडाइ रहेको विमानस्थल पूरा निर्माणको लागि ३० करोड लाग्ने नागरिक उड्डयन प्राधिकरणले अनुमान गरेको छ।

करिब छ करोड खर्च रन वे, अप्रोन र ट्याक्सी वे पूरा भएको डोटी एयरपोर्टको रन वे ४९० लम्बाइ २० मिटर चौडाइ रहेको छ। लामो समय बन्द रहेको विमानस्थल २०७४ मा निर्माणकार्य सुरु भएको थियो।

खिजी चण्डेश्वरी एयरपोर्ट ओखलढुंगामा सन् १९९९ म निर्माण सुरु भएको विमानस्थलको रन वे लम्बाइ ५८० मिटर र चौडाइ २० मिटर रहेको छ। हालसम्म ६ करोड खर्च भइसकेको छ।

पहिलो परीक्षण उडान २०१९ डिसेम्बर २३ मा गरिएको थियो। रन वे, अप्रोन र ट्याक्सी वे सबबेससम्बन्धी काम पूरा भएको विमानस्थल नियमित उडान सुरु हुनसकेको छैन।

प्रकाशित मितिः     9:10:35 PM  |