नेपालगन्ज एकिृत भन्सार जाँचचौकी : शिलान्यास भएको डेढ वर्षमा पनि भारतले काम शुरु गरेन


नेपालगन्ज ६ भदौ : शिलान्यास भएको  डेढ वर्ष वित्दा समेत नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी (आईसीपी)निर्माणको काम शुरु हुन सकेको छ । तर योजना भने शिलान्यास भएको दुई वर्षभित्र काम सक्ने रहको छ ।

आ२०७५ पुष ३० गते भारतका तत्कालिन गृहमन्त्री एवं हालका रक्षामन्त्री राजनाथ सिंहले आईसीपीको भारततर्फको क्षेत्र रुपैडियामा आएर शिलान्यास गरेका थिए ।

उनलै आगामी दुई वर्षभित्र काम सक्ने घोषणा गरेको पनि डेढ वर्ष वितिसक्यो तर काम शुरु भए नभएको अत्तोपत्तो छैन । आईसिपीका लागि नेपालका तर्फबाट हुने पर्ने जग्गा अधिग्रहण लगायतका काम सम्पन्न भइसकेको छ तर अब भारतबाट हुनुपर्ने काम हुन सकेको छैन ।

दशवर्षदेखि आईसिपीको चर्चा चलेपनि काम अगाडी बढ्न नसकेका बेला भारतीय गृहमन्त्री आफै आएर शिलान्यास गरेपछि नेपालगन्ज र रुपैडिहाका उद्योगी, व्यवसायी हर्षित थिए ।

तर शिलान्यास भएको लामो समयसम्म आईसिपी निर्माणको काम जहाँको त्यही छ । पहिले भारतको लोकसभाको निर्वाचन त अहिले कोरोनाको बहाना बनेको छ ।

शिलान्यास हुँदा लगाएको तारवार र पर्खाल बाहेक अन्य कुनै प्रगति भएको देखिएन । नेपाल र भारतले संयुक्तरुपमा मिलेर एकिकृत भन्सार जाँचचौकी निर्माण थालेका हुन । नेपालतर्फ जग्गा अधिग्रहण गर्ने काम सकिएको छ ।


भारतले आफ्नो र नेपालतर्फ नै भौतिक पूर्वाधारको काम गर्न बाँकी छ । भारततर्फ १ सय ४२ एकड जमिनमा आईसिपी बन्दै छ । दुई अरव भारतीय रुपैया लागतमा दुई वर्षभित्र आईसिपी निर्माण गरिसक्नुपर्ने समयसीमा रहेको छ ।

राष्ट्रिय ब्यापार मण्डल रुपैडिहाका महासचिव रजा इमाम रजवीले पश्चिम नेपाल र भारतबीचको ब्यापार सम्बन्धका लागि आईसिपी महत्वपूर्ण भएकाले छिटो भन्दा काम सम्पन्न गर्नुपर्ने बताए ।

भारत सरकारले नीजि ठेकेदार कम्पनी मार्फत आईसिपीको काम शुरु गर्दैछ । आइृसिपी शुरु भएपछि आयात र निर्यातको दुई देशिय सम्पूण काम एकिकृत प्रणालीबाट हुनेछ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले आईसिपीको काम समयमै सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन् । ‘यो दुबै देशको व्यवसायीक सम्बन्ध बिस्तारका लागि महत्वपूर्ण केन्द्र हो । समयमै सम्पन्न हुनेमा हामी सबै बिश्वस्त रहौं ।’– उनले भने । नेपाल सरकारले पनि चालू आवमा

 

एकिकृत भन्सार जाँच चौकीका लागि नेपालतर्फबाट जग्गा अधिग्रहण मात्र गरे पुग्ने भएकाले त्यो काम सम्पन्न भइसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तीराम निरौलाले बताए । ‘हाम्रो काम जग्गा अधिग्रहण गरे पुग्थ्यो । त्यो काम सम्पन्न भइसकेको छ ।’ निरौलाले भने–‘भारतीय पक्षले हाम्रो तर्फपनि भौतिक पूर्वाधार निर्माण गरेर हामीलाई साँचो बुझाउने छन् ।’ नेपाल तर्फ जयसपुरक्षेत्रको १ सय ८० बिगाहक्षेत्र अधिग्रहण गरिएको छ ।

प्रकाशित मितिः     8:03:26 AM  |