मानपुरको यो घर भत्काएर सडक खुल्ला बनाउने योजनामा बाँकेका प्रमुख जिल्ला अधिकारी


नेपालगञ्ज, भदौ ६ गते  बाँकेको नेपालगञ्ज–खजुरा सडक खण्ड अन्तर्गत जानकी गाउँपालिकाको मानपुर सडक किनारमा रहेको घरको मुआव्जाका लागि अर्थ मन्त्रालयमा लिखित पत्र पठाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले नेपालगञ्ज–खजुरा सडक खण्ड अन्तर्गत मानपुरको सडक किनारमा रहेको घर ब्यवस्थापनका लागि पहललाई तिव्रता दिनुभएको हो ।

घरधनीलाई मुआव्जाका लागि अर्थ मन्त्रालयमा लिखित पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीको रुपमा बाँकेमा आएपछि कुरुम्बाङले मानपुरको घर ब्यवस्थापनका लागि पहल थाल्नुभएको हो । आप्mनो बाँके बसाईभित्र घरको ब्यवस्थापन गरिसक्ने कुरुम्बाङको भनाई छ ।

जानकी गाउँपालिकाको मानपुरमा रहेको ब्यक्तिगत घर नजिक साँघुरो सडक र घुम्तीका कारण पटक–पटक दुर्घटना हुने गरेका छन् । दुर्घटनाका कारण पटक–पटक मानवीयसँगै घरमा समेत भौतिक क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले मानापुरको घरको ब्यवस्थापन गर्ने समाचार लोकप्रिय सन्देशमा प्रकाशन भएपछि स्थानीयबासी उत्साहित हुँदै छिटो भन्दा छिटो घर ब्यवस्थापनका लागि आग्रह गरेका छन् ।

मानपुर भएर यात्रा गर्ने बाँकेको खजुरा, जानकी र बैजनाथ गाउँपालिका तथा बर्दियाबासीले बर्षोदेखि घरको उचित ब्यवस्थापन गरि दुर्घटनाको जोखिमलाई कम गर्न माग गर्दै आईरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले आफु बाँकेमा आउनासाथ सो घर ब्यवस्थापनका लागि चासो लिनुभएको हो ।

प्रकाशित मितिः     ६ भाद्र २०७७, शनिबार १७:५७  |