सुर्खेत उद्योग वाणिज्य संघले भन्यो-सामाग्री ढुवानी गर्ने चालक र सहयोगीमा कोरोना देखियो


नेपालगन्ज ८ भदौ :  सुर्खेत उद्योग वाणिज्य संघले बबई नाका हुँदै सुर्खेत पुुगेका ढुवानीका साधन चलाउने चालक र सहयोगीमा कोरोना देखिएको दावी गरेको छ ।

कोरोना संक्रमित देखिएका चालक र सहयोगीले ढुवानी गरेका वा छोएका सामाग्रीबाट समेत कोरोना संक्रमण बढ्ने खतरा भएको दावी गर्दै संघले सचेत रहन आग्रह गरेको छ ।


संघका महासचिव लक्ष्मण कँडेलले सोमवार बिज्ञप्ती जारी गरी बाहिरी जिल्लाबाट मालसमान ढुवानी गरी ल्याउने सवारीसाधनका चालक र सहयोगीलाई अलग्गै राख्ने व्यवस्था मिलाउन व्यवसायीसंग अनुरोध गरिएको छ । यसका साथै सवारीसाधनलाई सेनिटाइज गर्न भनिएको छ ।

प्रकाशित मितिः     10:45:55 AM  |