कोहलपुरमै उत्पादन हुन थाल्यो अस्पतालको बेड


नेपालगन्ज ८ भदौ :  कोहलपुर -८ का सतिश केसी पेशाले कम्प्युटर इन्जिनियर हुन । भारतको औद्योगिक सहर बैङलोरबाट कम्युटर ईन्जिनियरको पढाई पुर गरेका केसीलाई स्वदेश फर्केर केहि नयाँ व्यवसाय गर्ने सोच बेङलोरमा पढाई गर्दाकै बखतको हो ।

व्यवसायी पृष्ट भुमिका केसी पढाई सकेर नेपाल फर्के लगतै साथिहरुका साथमा झण्डै ५ महिना भारतका बिभिन्न सहरहरुको अवलोकन भ्रमण गरे ।

स्वदेशमा केही नँया काम गर्ने सोचका कारण भारतका बिभिन्न उद्योग र सहरहरुको भ्रमण गरेको उनी बताउँछन । केही नयाँ काम गर्ने उनको सोचलाई बेलायतमा रोजगारको सिल सिलामा १० बर्ष गुजारेर नेपाल आएका कोहलपुर -१० कै युवा नरेश बुढाथोकीले साथ दिन तयार भए । दुवैको सामुहिक सोचबाट कोहलपुर -९ मा युनाईटेड एग्रो ईन्जिनियरीङ नामक उद्योग स्थपना गरे ।

उद्योग स्थपनासंगै नेपालमा निर्माण नहुने हस्पिटलमा काम लाग्ने फर्निचर सामाग्री निर्माण सुरु गरे । आफुहरुले सुरुमा हस्पिटलका लागि आवश्यक नर्मल बेड हरु निर्माण सुरु गरेको सतिस केसी बताउछन । हस्पीटलका लागि आवस्यक बेडहरु नेपालमा निर्माण नहुने भएकाले भारत र चिन बाट नेपालमा आयात हुने गरेको थियो ।

ति देश बाट हुने आयात बिस्थापन गर्न आफुहरुले हस्पिटल बेड निर्माण सुरु गरेको उनको भनाई छ । भारत र चिन बाट प्रति बेड १५ हजारमा खरिद गरिने गरेकोमा आफुहरुले उत्पादन गरे संगै ९ हजारमा गुणस्तरीय बेड बिक्रि गर्न सफल भएको केसीको भनाई छ ।

लक डाउनका बिच नर्मल बेडहरु निर्माण सुरु गरेका उनिहरुलाई देशभर बाट बेड निर्माणको माग आउन सुरु भयो । निर्माण सुरु गरेको ४ महिनाको अवधीमा १५ यस नर्मल बेडहरु बिक्री गर्न सफल भएको केसी बताउछन ।

नर्मल बेडसंगै हस्पिटलहरुका लागि आवश्यक आईसियु बेड र डेलीभरी बेडको माग आउन सुरु गरेको केसी बताउछन । उक्त बेडहरुको माग आउन सुरु भएसंगै हाल नेपालमा नै उत्पादन नभएको आईसियु बेड निर्माण सुरु गरेको केसीको भनाई छ ।

नेपालमा प्रबिधीक नरहेकाले भारतको कलकत्ताबाट प्राबिधीक बोलाएर बेड निर्माणको काम भई रहेको छ । लक कडाउनका कारण बेड बनाउन आवश्यक निर्माण समाग्रिको अभाव रहेको उनि बताउछन । बेड निर्माणका लागि कतिपय निर्माण समाग्री भारत र चिन कै निर्भर पनु पर्ने अवस्था छ ।

हाल नेपालमा बेड निर्माण नभएकाले कुनै कम्पनीले आवश्यक निर्माण समाग्रिको उत्पादन नगरेको उनिहरुको अनुभव छ । कतिपय फिटिङ समाग्रीहरु बाहेक अधिकाँस निर्माण समाग्रि भने स्वदेशी नै रहने गरेको उनिहरुको भनाई छ । कतिपय निर्माण समाग्रि मात्रै होईन निर्माण गर्ने प्राबिधिक पनि भारत बाट ल्याउनु पर्ने केसी बताउछन । भरतबाट आएका मुख्य प्राबिधीक बाट स्वदेशमै प्राबिधीक निर्माण गर्ने गरि आफुहरुले काम गरेको उनको भनाई छ । कोहलपुरकै केही युवाहरुले काम सिकी रहेको र केही समय पछि स्वदेशमै उत्पादन गरिने उनले दाबि गरे ।

हस्पिटलका उपकरण मात्रै होईन बिभिन्न खाले ट्याकीहरु पनि आफुहरुले निर्माण गदै आएको अर्का व्यवसायी नरेश बुढाथोकी बताउछन् । डिष्टिलरी र वाईन फ्याक्ट्रीहरुमा आवश्यक हुने ट्याकी निर्माण गरिएको उनको भनाई छ । त्यस्ता खाले ट्याकीहरु बिगतमाच भारतबाट ल्याईने गरको सुरेस बताउछन ।

नयाँ व्यवसाय भएर होला केही व्यवसायीहरुले आफुहरुलाई बिश्वास गर्न नसकेको उनको गुनासो छ । बुढाथोकीका अनुसार यस्तो बस्तुहरु पनि नेपालमै निर्माण हुन्छ भनेर प्रश्न गर्ने गरेको उनको भनाई छ । लक डाउनका कारण प्रयाप्त मार्केटिङ गर्न नपाएको बुढाथोकी बताउछन । हाम्रो उत्पादनका बारेमा जानकारी मात्रै गराउन सके खासै मार्केटिङ गर्नु नपर्ने उनको भनाई छ ।

बुढाथोकीले आफुहरुले दुध जन्य उद्योगका लागि आवश्यक पर्ने चिलिङ भ्याट , दुध बोक्ने ट्याङकर , अटो रिक्सा , ब्याट्री बाट चल्ने मोटर साईकल स्कुटर , पानी प्रशोधन गर्ने मेसीन लगायतका उपकरणहरु अर्डर अनुसार निर्माण गरि रहेको बताए । उनले लक डाउनले मागको त्यती धेरै कमि नभए पनि निर्माण समाग्री पाउन नसकेको गुनासो गरे । बुढाथोकीले हाल आफुहरुले निर्माण गरेको हस्पिटल फर्निचरहरु देश भरबाट माग आउने गरेको बताए ।

प्रकाशित मितिः     ८ भाद्र २०७७, सोमबार १२:३३  |