बागेश्वरी डाईग्नोष्टिक सेन्टरमा कोरोना परीक्षण गर्ने बढे


नेपालगन्ज ८ भदौ :  कोहलपुरस्थित बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गएर कोरोना भाइरस परीक्षण गराउने बढेका छन् । बाँकेमा निजी स्वास्थ्य निकायमा बागेश्वरीलाई कोरोना परीक्षणको मान्यता छ ।

सरकारले अनुमती पाएका निजी प्रयोगशालाहरुलाई कोरोना परीक्षण गर्न पाउने सरकारले स्वीकृती दिएपछि सर्वसाधारण कोरोना परीक्षण गराइएका छन् ।

पश्चिम नेपालमा कोहलपुर–१० रामनगरमा रहेको बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरले मात्र निजीस्तरमा नेपाल सरकारबाट कोरोना भाइरस परीक्षणको अनुमती र स्विकृती पाएको छ ।

बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरका सञ्चालक विश्व भण्डारीले सरकारले तोकेको ५ हजार ५ सय रुपैंया शुल्क लिएर कोरोनाको परीक्षण गरिरहेको र तुरुन्त रिपोर्ट दिइएको बताए ।

करीब सवा एक करोडको लागतमा स्थापना गरिएको कोरोना ल्यावमा जो सुकै आएर पनि कोरोना परीक्षण गराई ढुक्क हुन सक्ने सञ्चालक भण्डारीले बताए ।

सरकारी स्तरमा भेरी अस्पतालमा मात्र कोरोनाको परीक्षण गरिदैं आएको छ । बागेशवरीले कोरोना परीक्षणका लागि नेपालगन्जमा यूनाइटेड अस्पताल र दागंको मालिका मेडिकल हल एण्ड प्याथोलोजीलाई तोकिएको छ ।

कोरोना परीक्षणमा समयमै नहुँदा सर्वसाधारण मानसिक तनावमा रहेकोले सबैको समस्यालाई ध्यानमा राखेर कोरोना परीक्षण ल्याव राखेको भण्डारीले बताए । उनले भने ‘अहिले भने त्यस्तो समस्याको अन्तय भएको छ । सर्वसाधारणले परीक्षण गराई मनको तनाब र ज्यानको जोखिम हटाउन सकेका छन् भने धेरै जना भएको खण्डमा परीक्षणका लागि स्वाव लिन सम्बन्धित ठाउँमै पुगेका छौं ।’

प्रकाशित मितिः     ८ भाद्र २०७७, सोमबार २०:४४  |