‘कामरेड’को उद्यम यात्रा, २२ जनालाई रोजगारी


कोहलपुरका लक्ष्मण पराजुली वैदेशिक रोजगारका लागि विभिन्न देश पुगे । कोरियामा समेत काम गरेको उनको अनुभव थियो । त्यहाँ उनले उच्च प्राविधिको फर्निचर उद्योगका सीप सिके ।

नेपाल फर्के लगत्तै आफन्त जो राजनीतिमा पनि सक्रिय छन् तुलाराज बिष्ट बिहानसंगको साझेदारमा एसएच फर्निचर उद्योग सञ्चालनमा
ल्याए । उनीहरुले कोरियन सिप र प्रबवधीबाट कोहलपुरमा उच्च प्रविधिको प्रयोग गरेर फर्निचरहरु उत्पादन गरिरहेका छन् ।

उनीहरुको उद्योगमा हाल स्टील ,फलाम र रेक्जीनकका फर्निचरहरु निर्माण निर्माण भई रहेको छ । आफुहरुले कोरियन प्रविधिबाट पाउडर कोटेट गरेर फर्निचरहरु निर्माग गरेको सञ्चालन तुला राज बिष्टले जानकारी दिए ।

हाल उनीहरुको उद्योग कोहलपुरका २२ जना युवाहरुले दैनिक रोजगारी पाइरहेका छन । बिहानीका अनुसार  नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको तलव सुबिधा दिईएको छ । डेढ करोडको लागतमा स्थपना गरिएको उद्योगमा अफिस फर्निचरहरु सोफा सेट , हस्पिटका बेडहरु स्कुलका डेस्क बेच्न ,होटलका कुर्चि तथा टेवलहरु निर्माण भई रहेको छ ।

आफुहरुले निर्माण गर्ने हस्पिटलका बेडहरु र कुर्चिहरुमा उच्च स्तरको पाउडर कोटेट गरीने गरेको उनले बताए । कोरीयन उच्च प्रबिधीको प्रयोग गरि कोहलपुरमै फनिचरहरु निर्माण गरिएको उनको भनाई छ ।

उनका अनुसार आफुहरुले कोहलपुरमै गुणस्तरीय रिभल्बीङ कुचिहरु समेत निर्माण गर्ने गरेको बताए । रिभल्बीङ कुचि र रेक्जीनका शोफहरु धेरै मात्रमा चिन बाट आयात गरिने गरेको मा पछिल्लो समय आफुहरुको उत्पादनले बजार जमाउदै गएको उनको भनाई छ ।
गुणस्तरीय बस्तु , शुलभ मुल्य र टिकाउ हुने भएको आफ्नो उत्पादन बजार जमाउन सफल भएको उनको भनाई छ ।

कच्चा पदार्थ खरिद गरेर आफुहरुले निर्माण गर्ने फर्निचरहरु उच्च गुण स्तरको हुनुका साथै बाहाय मुलुक बाट हुने आयात बिस्थापन गरेको बिहानीको भनाई छ । व्यवासाय सुरु गरेको झण्डै ६ महिनाको अवधिमा प्रदेश ५,६र ७ का अधिकाँस बजार आफुले कब्जा गर्न सफल भएको बिहानिको दाबि छ । यि बाहेक काठमाण्डौ सम्म पनि आफुहरुले उत्पादन गरेको फर्निचरको माग आएको उनले दाबी गरे ।

बिष्ट  पार्टी कामका साथै उत्पादन मुलक व्यावसायमा जोडीएका छन । पार्टीकाम र व्यावासय लाई तालिका बनाएर काम गर्ने गरेको बिहानीको भनाई छ ।

राजनैतिक कर्म संगै आफैले स्थपना गरेको उद्योगमा २२ जना लाई रोजगार दिन पाउदा आफु खुशी भएको बताउछन । आफुहरुको उद्योगमा काम गर्ने सम्पुर्ण स्थानिय भएको बिहानिको भनाईछ । बिहानी संगै उनकी जिवन संगिनी रेणुका खडका पनि राजनितीमा सक्रिय छन ।

 

प्रकाशित मितिः     ९ भाद्र २०७७, मंगलवार १०:१३  |