मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिएका तीन जना प्रहरीमा कोरोना


बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिने एकजना हवल्दारसहित ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले ३ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको जानकारी दिए।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरका अनुसार उनीहरुमध्ये १ जना हवल्दार र २ जना प्रहरी जवान हुन्।

उनीहरु मुख्यमन्त्रीको स्कर्टिङमा खटिदै आएका थिए। मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको पीसीआर स्वाब परीक्षण गर्ने क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको राठौरले जानकारी दिए।

यसअघि ५ दिनअघि पनि इलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा संक्रमण देखिएको थियो। उनीहरु सबैजना आइसोलेशनमा छन्।

प्रकाशित मितिः     ९ भाद्र २०७७, मंगलवार २२:०८  |