गत वर्ष ७० रूपैयाँ दर्जनमा बिकेको केरा यसपटक ५० मा बिकेन


चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ। लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो ।

केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन्।

यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा झर्ने अवस्था आएपछि किसानले लगानीसमेत गुमाउने अवस्था आएको छ।

निषेधाज्ञामा सरकारले कृषि उपजलाई ढुवानी गर्न सहज वातावरण बनाए पनि बजार नखुल्दा बिक्रीमा समस्या भएको हो।

केरा व्यवसायी सङ्घ चितवनका अध्यक्ष घननाथ महतो केरा बिक्री नभएको बताए।

उनले भने, ुयो समयमा बजारको निकै ठूलो समस्या छ।ु

पच्चीस देखि ३० प्रतिशत केरा खेतमै पाकेर झर्दै गरेको र कतिपय चराको आहारा बनेको उनले बताए।

ुकेरा बोटमै पाकेको छ, चराले आधा खाँदै छाड्दै गरेको देख्न सकिन्छु, उनले भने।

नेपालमा लकडाउन सुरू भएसँगै केरा पाकेको थियो।

बीचमा लकडाउन खुलेसँगै केही सहज भए पनि फेरि अवस्था झन् जटिल बनेको उनको भनाइ छ।

ुयस वर्ष केराको उत्पादन राम्रो थियोु, उनले भने, ुबजार र मूल्य पाइएन, करोडौँको क्षति भयो।ु

उनले निषेधाज्ञामा पनि भारतीय केरा नेपाली बजारमा आएको तर नेपाली केराले बजार नपाएको गुनासो गरे।

यो समयमा व्यापारीले सहजै केरा लैजान नमानेको र लगिहाले पनि मूल्य निकै कम पाउने गरको महतोको भनाइ छ।

तीन तहका सरकारले छुट्टाछुट्टै निर्णय गर्दा झन् समस्या भएको उनले बताए।

ुयहाँबाट केरा लगिए पनि जिल्ला र पालिकाहरुमा अवरोध गर्ने गरिएको छ, कतिपय अवस्थामा बाटोमै रोकिनुपर्ने अवस्था छु, उनले भने।

उनका अनुसार यस वर्ष मलको अभाव छ।

केराका लागि मल अत्यावश्यक छ, यस्तै भयो भने अर्को वर्ष उत्पादन घट्छ।

केरा व्यवसायी यज्ञ सुवेदीले निषेधाज्ञाले ग्राहक बजार आउन नपाएपछि केरा बिक्री हुन छाडेको बताए।

ुलकडाउनभन्दा पनि निषेधाज्ञापछि झन् समस्या भएको छु, उनले भने, ुबिहान र बेलुकाको थोरै समयमा ग्राहक बजारसम्म जाने अवस्था छैन।ु

केरा बिक्री नभएपछि आफैँ पसल–पसलमा खुद्रा बिक्री गर्दै हिँड्न बाध्य भएको उनले बताए।


ुबारीमा केरा पाकेको छ, बिक्री नभएर चराले खाइरहेको छ, केही झरेर नष्ट भएको छु, उनले भने।

यस वर्ष समयमा नै पानी परेका कारण केराको उत्पादन राम्रो भएको उनले बताए।

उनी आफ्नो ५० लाख रूपैयाँको केरा क्षति भएको बताउँछन्।

ुमैले एक सिजनमा तीन करोड रूपैयाँको केरा बेच्थेँु, उनले भने,ुयस वर्ष दुई करोड रूपैयाँ पुग्न पनि धौधौ छ।ु

सुवेदीले ७० बिघामा केराखेती गर्दै आएका छन्।

गत वर्ष ७० रूपैयाँ दर्जनसम्म बिक्री भएको केराको मूल्य यस वर्ष ५० रूपैयाँ भन्दामाथि पुग्न नसकेको उनले बताए।

जिल्लामा अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन्।

महानगर फलफूल तथा तरकारी बजार नारायणगढका प्रबन्ध निर्देशक थीरप्रसाद धितालले बजारमा फलफूलको बिक्री न्यून रहेको बताउँछन्।

ुप्रशासनले तीन घण्टाभन्दा बढी समय पसल खोल्न दिँदैन, ग्राहक आउने समय नै छैनु, उनले भने।

ठेला र सडकपेटीमा व्यापार गर्नेलाई पनि प्रहरी र स्थानीयवासीले अवरोध गर्ने गरेको उनले बताए।

धितालका अनुसार चितवनमा उत्पादन भएको केरा बाहिरी बजारमा निर्यात नभएपछि नारायणढको बजारमा थुप्रिएको छ।

उनले चितवनमा भारतीय केरा नआएको भन्दै चितवनको केराले माग धान्न नसक्ने अवस्थामा मात्र ल्याउने गरिएको जिकिर गरे।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार यस वर्ष चितवनमा केराको उत्पादन राम्रो छ। उनले कोरोनाका कारण बजारीकरणमा समस्या भएको र किसानले गत वर्षझैँ मूल्य नपाएको बताए।

यस वर्ष मात्र जिल्लामा २०० बिघाभन्दा बढी क्षेत्रफलमा केराखेती विस्तार भएको छ। युवाहरूको आकर्षण पनि बढ्दो छ।

चितवन केरा उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ। जिल्लामा तीन हजार २०० बिघामा केराखेती गरिएको छ।

चितवनको रत्ननगर, कालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र केरा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन्।

हावाहुरीलगायतका कारणले हुने क्षतिको राज्यको अनुदानमा बीमा हुने भए पनि बजारीकरणबाट हुने नोक्सानी भने किसान आफैँले व्यहोर्नुपर्ने अवस्था छ।

(राससका लागि कृष्ण आचार्य)

प्रकाशित मितिः     2:17:35 PM  |