कोहलपुरमा एकैदिन ५१ जना संक्रमित पुष्टि, नेपालगन्जमा १५ र बैजनाथमा १ जना
325 Views
अर्थ संवाददाता
नेपालगन्ज १० भदौ : बाँकेमा बुधवार ६६ जना संक्रमित पुष्टि भएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार कोहलपुरमा ५१ जना, नेपालगन्जमा १५, बैजनाथमा १ जना र बर्दियामा १ जना संक्रमित पुष्टि भएका छन् । कोहलपुरमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।