कोहलपुरका ५१ जना संक्रमित सैनिक भएको पुष्टि(सुचि सहित)


बाँके १० भदौ :  कोहलपुर नगरपालिका रझेनास्थित नेपाली सेनाको मध्यपश्चिम तालिम शिक्षालयका थप ५१ जना सैनिकमा कोरोना देखिएको छ ।

कोहलपुर नगरस्वास्थ्य प्रमुख डिल्लीराज पोखरेलका अनुसार उनीहरु सबै नेपाली सेना नै हुन् ।

बुधबार सामाजिम सञ्जाल फेसबुकमा बाँकेका प्रमुख जिल्ला अधकिारीले ५१ जना कोहलपुरका संक्रमित भएको बताएका थिए । उनीहरु सबै नेपाली सेना हुन्, सर्वसाधारण होइन् ।

बुधबार मात्रै नेपालगञ्जका १५ र बैजनाथका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोहलपुरमा देखिएका भनिएका संक्रमितहरु तालिम केन्द्रको भएको पुष्टि भएको छ । यसअघि बाँकेमा यसअघि सोही तालिम केन्द्रका १७ जनालाई संक्रमण पुष्टि भएको थियो ।

‘केही समय पहिले यस्तै तालिम लिन आएकामध्ये ९ जना संक्रमित फेला परेको र उनीहरूको कन्ट्याक्ट ट्रेसिङको आधारमा थप ४ जनामा संक्रमण फेला परेको थियो। केही दिन अघि थप १७ जना र बुधवार ५१ जनामा मा संक्रमण भेटिएको छ ।

प्रकाशित मितिः     १० भाद्र २०७७, बुधबार १५:१२  |