बिनौनामा बिजुली बल्ने भयो, मिटर जडान शुरु


नेपालगन्ज १० भदौ :  बिजुली बाल्ने बिनौनावासीको सपना पुरा भएको छ ।

बुधबार राप्तीसोनारी गाऊँपालिका वडा ५ बिनौनास्थित वडा कार्यालयबाट मिटरबक्स जडान कार्य सुरु भएपछि विनौनावासीको बिजुली पाल्ने सपना पूरा हो ।

बुधबार बाँके क्षेत्र नं २ का संघीय सांसद महेश्वर गहतराज अथकको उपस्थितिमा मिटर जडान प्रक्रियाशुरु भयो । सोही क्रमा ,बिद्युतको प्रयोग तथा उपयोग लगायतका बिषयमा स्थानिय उपभोक्ताबिच अभिमुखिकरण गरिएको थियो ।

स्थानिय उपभोक्ताहरुलार्इ नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज शाखाका प्रमुख लखनलाल मल्लिकले अभिमुखिकरणगरेका थिए । ठेकेदारको लापरवाहीका कारण राप्तिपारीको बिद्धुतिकरण बिगत एक दशकदेखि कामको ढिलासुस्तीका कारण त्यहाको बिद्धुत बिस्तार कार्य सम्पन्न हुन नसक्दा राप्तीपारीका जनताले सास्ती खेप्नु परेको थियो ।

बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथक निर्बाचित भइ सकेपछी बन क्षेत्रमा पर्ने २१४ वटा रुख कटान गर्नुका साथै राप्तीपारीको बिद्धुतिकरणका लागि निरन्तर लागिपरेपछी राप्तीपारी बघौडा क्षेत्रको बिद्धुतिकरण कार्यले सम्पन्नता पाएको हो ।

राप्तिसोनारी क्षेत्रको बिद्धुत सम्बन्धि कार्य गर्नका लागि धामपुर सबस्टेशनमा र नरैनापुर क्षेत्रका लागि मटेहियामा एक हप्ता भित्र बिद्धुतको युनिट कार्यालय स्थापना गरिने नेपालगँज शाखा प्रमुख मल्लिकले जानकारी गराएकाछन ।

केहीदिन पहिले साँसद अथकको उपस्थितिमा धामपुर सवस्टेशनको जिम्मा कस्ले लिने भन्ने बिषयमा छलफल भएको र उक्त छलफल बाट धामपुर सव स्टेसनको जिम्मा नेपालगँज शाखाले लिने सहमित भएको साँसद अथकले जानकारी गराए ।

राप्तीसोनारी गाउपालिका भित्र एल टि लाइन बिस्तार भएको स्थानमा तत्काल बत्ती बल्ने भएपनि बाँकी रहेको अन्य स्थानमा भने यहि आउदो तिहार भित्र सम्पुर्ण स्थानमा बत्ती बल्ने शाखा प्रमुख मल्लिकले जानकारी गराएकाछन । राप्तिसोनारी वडा नँ ५ मा आठसय जनाले मिटर बक्सका लागि फारम भरिसकेको वडा नँ ५ का वडा अध्यक्ष झगरु थारुले जानकारी गराएकाछन ।

आज बिद्धुत प्राधिकरण नेपालगँज शाखाका प्रमुख लखनलाल मल्लिकले वडा ५ का वडा अध्यक्ष झगरु थारु लाई मिटर बकस हस्तान्तरण गरि मिटर बक्स जडान कार्यको सुभारम्भ गरिएको थियो । मिटर बकस जडान कार्यको सुभारम्भ भएपछी स्थानियबासी हर्षित भएकाछन ।

प्रकाशित मितिः     १० भाद्र २०७७, बुधबार २०:४३  |