सिडीओ साब ! एवं जनप्रतिनिधि ज्यू, कोरोना देखिने वित्तिकै उद्योग बन्द किन ?


कोभिड –१९ महामारीको नियन्त्रणलागि चिनको बुहानमा लागू गरिएको लकडाउन बिशेष परिस्थितिमा निश्चित समयसम्म आफ्नो मोडालिटी तयार गरि लागू गर्यो । जस अन्तर्गत आज चिन कोरोनामुक्त लगभग भैसकेको छ ।

हाम्रो देशमा कोरोना समस्यासंग जुध्ने निर्विकल्प उपाय लकडाउनलाई बनाइएको छ । अझ भनौ नयाँ केस देखिनासाथ लकडाउन गर्ने फेसन जस्तै बनेको छ । यो कहिलेसम्म ? हाल नेपालमा सिसिएमसी डिडिएमसी होस् यिन निकायबाट धमाधम लकडाउनको फेसन चलेको छ । उत्पन्न परिस्थिति सम्म आइपुग्दा सरकारको उद्योग दर्ताको प्रमाणपत्र बाहेक अरु खासै सहयोग नभै आफ्नै बलबुतामा बिना सरकारी लगानिीका आफ्नै जायजेथा बन्धकमा राखी आफू नेक्सानमा हुदापनि सरकारलाई मुनाफा साझेदार गराई सन्चालित उद्यमहरु बन्द गराउदै हिड्ने तपाईहरु ‘प्रशासनिक डन’ हो ?

के अब उद्योग बन्द नगराई न छाड्ने हो ? कसम खानु भको हो कि अब नेपाल उद्योग मुक्त होस भनेर ? होइन भने यी कुराहरुप्रती तपाइहरुको ध्यान कहाँ छ ?
१. अति आबस्यक बस्तुहरु उत्पादन हुने उद्योगहरु मात्र खोल्नेको बहानामा अन्य उद्योग सन्चालन चेन किन टुटाउदै हुनु हुन्छ ?

२. ब्यापारिलाई उत्पादनरपेमेन्ट पठाउने प्रतिबद्धता अनुसार माल नपठाएमा अर्डर रद्द हुने तथा पुनः अर्डर आउने सम्भावना हुदैन साथै बनाएको माल अथवा कच्चापदार्थमा भैसकेको लगानी माथी खेलवाड किन ?

३. कतिपय औधोगिक कच्चापदार्थ निश्चित समयमा(Date of Expiry)  उत्पादन गराइसक्नु पर्ने हुन्छ यस्ता बस्तुहरु लकडाउनको लागुगरेर नस्टगरिदिने किन ?

४. नेपाल-भारतको नाकामा भारत तर्फ शनिवार र आइतवार लकडाउन हुन्छ त्यो समयमा माल पास नभय ढुवानीमा खटिने चालक सहचालकको खाने बस्ने ब्यबस्थापन नभए उनिहरु गाडी खाली गर्नुस् हामी सक्दैनौ भन्छन् यस्तो समयमा भारतमा गाडी खाली गर्दा होस् या होल्ड हुदा हुने थप खर्चले नेपाली उत्पादन प्रतिस्पर्धि कसरि हुन सक्छ ?

५.LC मार्फत अर्डर भएका कच्चापदार्थ धेरै पछि आउने गर्छन् र यस्ता पदार्थ भन्सार पास नभएमा भुक्तानी रोकिने हुनाले निकासी गर्नेले अबिस्वास्निय ठानी कच्चापदार्थ निर्यातमा रोक लगाएमा उद्योग बन्द हुदैन ?

६. अति आबस्यक बस्तु उत्पादन गर्दा र बेच्दा कोरोना नसर्ने अन्य उद्योग सन्चालन गर्दा सर्ने हुन्छ ?

७. विभिन्न नाकामा अति आबस्यक तयारि बस्तु पैठारी हुने अनि अति आबस्यक बस्तुहरु उत्पादनमा लाग्ने कच्चापदार्थ पैठारी रोक्नु भनेको स्वदेशी बस्तु निरुत्साहित नभएर के हो ?


८. उद्योगमा उत्पादन शुरुआत गर्न होस् या बन्द गर्न होस् पुर्ब तयारीकालागि समय लाग्छ, उत्पादित बस्तु बजारमा पठाउने र भएको बिग्रने कच्चापदार्थ बाट उत्पादन गरि बजारमा पठाउनै पर्छ भन्ने हेक्का छैन ? जतिबेला मन लाग्यो बन्द गर्दिने ?

९. एक ठाउबाट माल नपाएमा ब्यपारिले अर्को ठाउबाट माल मगाउछन अनि कसरी उद्योगको सप्लाइ च्यानल प्रतिस्पर्धात्मक अबस्थामा रहन सक्छ ?

१०. क्षमताको आधा पनि उत्पादन बिक्रि नभैरहेको अवस्थामा किन धमाधम औधोगिक लाइसेन्स बाडेको ?
भएका हरुलाइ थप समस्यामा पारी बन्द गर्दिने ?

११. उद्योग बन्द गर्न लगाउदा बन्द हुँदा हुने खर्च ब्यबस्थापन उद्योगले कसरी ब्यबस्थापन गर्छ रु यसबारे कुनै योजना नबनाइ उद्योग बन्द किन गरेको ?

कोभिडको बहानामा उद्योग बन्द त होलान तर संग संगै तपाइहरु सेवा सुबिधा पनि बन्द हुन्छ । बिचार गर्नुस् आज WHO ले समेत अब कोरोना संग जिउन सिक्नु पर्छ, यसको भ्याक्सिन कहिल्यै पनि नबन्न सक्छ भन्दैछ तरपनि उद्योग किन बन्द गराउदै हुनुहुन्छ । यदि गराउनै पर्ने हो भने निश्चित समय दिनुहोस् उद्योग बन्द गरौ अनि निश्चित समयमा सुचारु गरौं ।

त्यसैले यथाशिघ्र संयमता उद्योग सन्चालनमा ध्यान जाओस् ।

‘मेहतन सृजना र बस्तु मेरै नेपालको’

(लेखक भुषाल नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव हुनुहुन्छ)

प्रकाशित मितिः     8:08:33 PM  |