नेपाल टेलिकम नेपालगन्ज कार्यालयको सेवा अवरुद्ध


नेपाल टेलिकमको नेपालगन्ज दूरसञ्चार कार्यालय अनिश्चितकालकालागि बन्द गरिएको छ ।

बुधबार उक्त कार्यालयमा कार्यरत ८ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अर्को सुचना नभएसम्मका लागि कार्यालयका सबै सेवासहित कार्यालय बन्द गरिएको हो ।

कार्यालयले बुधबार आफ्ना ८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक सुचना जारी गर्दै सबै सेवा बन्द गरिएको र कार्यालय सिल गरिएको जनाएको छ ।

प्रकाशित मितिः     ११ भाद्र २०७७, बिहीबार १५:१५  |