भोलि मेयर धवल शम्सेर राणाको पत्रकारसंग भेटघाट, के भन्लान् ?


नेपालगन्ज ११ भदौ :  नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले पत्रकार भेटघाट गर्दै छन् । शुक्रवार दिउँसो १ बजे पत्रकार भेटघाट कार्यक्रम राखिएको छ ।  समसामयिक विषयमा मेयर राणाले आफ्ना धारणा राख्ने छन् ।

नेपालगन्जका संघीय सांसद मोहमद ईस्तियाक राईसंग सार्वजनिकरुपमा आरोप प्रत्यारोप चलिरहेका बेला मेयर राणाको पत्रकार भेटघाट हुँदै छ ।

सांसद विकास कार्यक्रमको रु १ करोड ५० करोड फ्रिज भएको विषयमा सांसद र मेयरबीच आरोपप्रत्यारोप चलिरहेको छ । यद्यपी यि विषयमा उनी बोल्छन् या बोल्दैनन् भन्ने बारे भोलि नै थाहा हुन्छ ।

प्रकाशित मितिः     ११ भाद्र २०७७, बिहीबार २१:५७  |