बाँकेमा महङ्गो भयो तरकारी


जागेश्वर सिंह थारु
बाँके, ११ भदौँ : रानीतलाऊ तरकारी बजारमा तरकारी २० प्रतिशतले महाँगो हुदाँ उपभोक्त मारमा पर्न थालेका छन् । यो महिना स्वादेशमा तरकारी उत्पादन कम हुनु र भारतीय तरकारी आयतमा रोक लगाएपछि तरकारी महाँगो भएको हो ।

बाँके जिल्लाको नेपालगन्जमा रहेको रानी तलाऊ तरकारी बजारमा २० प्रतिशत तरकारीको मुल्यमा बृद्धि भएको छ । जुन नेपालगन्ज बजारकै ठुलो तरकारी बजार हो ।  नेपालगन्ज नपमहानगरपालिका ४ सल्यानी बागकी स्थानीले दैनिक उपभोग गर्दै आएको र पछिल्लो केहि दिन यता तरकारीको मुल्यमा बृद्धि भएको बताए  ।

तरकारीको मुल्य बृद्धि र तरकारी कम भएकोले ग्राहक पनि कम भएको व्यपारी बताउछन् । व्यपारीहरु भारतबाट बर्दियको बाटो भएर सस्तो मुल्यमा किनेर ल्यार त्यही तरकरी नेपालगन्जमा महँगो परेर बिक्रि गरेको बताए ।

त्यस्तै रानी तलाऊ तरकारी बजारका अर्का व्यपारी पनि हरेक तरकारीको मुल्य २० प्रतिशतले बृद्धि भएको बताए । नेपालगन्ज भन्सारबाट तरकारी आयतमा रोक लगाए पछि पैसा कमाउने लोभले व्यपारीहरुले बर्दियकोबाटो भएर तरकारी बिक्रि गरेको बताए ।

सरकारीले भारतबाट तरकारी आयतमा रोक लगाएपनि लुकि छिपि ल्यार बिक्रि गरी रहेका छन् भने अर्का तिर स्वादेशमा उत्पादित किसानहरुको तरकारी बिक्रि गर्न नसक्द तरकारी बारीमै कुहिएर खेर गैरहेको छ ।

प्रकाशित मितिः     १२ भाद्र २०७७, शुक्रबार १७:४१  |