बाँकेमा अर्को हप्तादेखि हरेक शुक्रवार र शनिवार निषेधाज्ञा गर्ने निर्णय


बाँके १२ भदौ :  बाँकेमा शुक्रवार र शनिवार निषेधाज्ञा गरिने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले आउँदो हप्तादेखि शुक्रवार र शनिवार निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्र्घराज उपाध्यायले बताए ।

संक्रमितको संख्या बढ्दै गएका कारण स्थानीय प्रशासनलाई फेरी निषेधाज्ञा गर्नुपर्ने बाध्यता आएको हो । संक्रमित बढेको र एकैपटक लामो समय निषेधाज्ञा गर्ने अवस्था नभएका कारण हप्ता दुई दिन निषेधाज्ञा गर्ने निर्णयमा बैठक पुगेको थियो ।

दुई दिन भएपनि भिडभाड नियन्त्रण गर्न सजिलो हुने अपेक्षा गरिएको छ । शुक्रवार भएको निर्णय आउने हप्ताको शुक्रवार र शनिवारदेखि शुरु लागु हुने छ ।

प्रकाशित मितिः     १२ भाद्र २०७७, शुक्रबार १७:५२  |