स्वास्थ्यकर्मी दुव्र्यवहार गर्ने बिरुद्ध कडा कारवाही गर्ने बाँकेका सिडीओको चेतावनी


नेपालगन्ज १२ भदौ :  बाँकेमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले स्वास्थ्यकर्मीलाई अवरोध गर्नेलाई कडा कारवाही गर्न पछि नपर्ने चेतावनी दिएका छन् ।

यस्तै चेतावनी दिएका काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको भनाईलाई समर्थन जनाउँदै बाँकेका सिडीओ कुरुम्बाङ्गले त्यस्तो चेतावनी दिएका हुन ।

कोभिडको समयमा सबैभन्दा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी बिरुद्ध दुव्र्यवहार बढ्दै छन् । दुव्र्यवहारका घटना बढ्दै गएपछि काठमाण्डौंका प्रमुख जिल्ला अधिकारीले त्यस्ता कार्य गर्ने बिरुद्ध कडा चेतावनी दिदै संचारमाध्यममा अन्र्तवार्ता दिएका थिए  ।


संचारमाध्यममा आएको समाचारको भिडियो क्लिप शेयर गर्दै बाँकेमा प्रमुख जिल्ला अधिकारीले सामाजिक सन्जालमा लेखे–‘आईएम वीथ केटिएम सिडीओ ।’

 

प्रकाशित मितिः     6:23:31 PM  |