जिभिएन कलेजले आफ्ना शिक्षक शिक्षिकाको वीमा गरिदिने


नेपालगन्ज १४ भदौ :  नेपालगन्जस्थित जिभिएन कलेजले सम्पूर्ण शिक्षक शिक्षिका एवं कर्मचारीको कोरोना वीमा गरिदिने भएको छ । कलेजका सिइओ गणेश भण्डारीका अनुसार, कोरोनाको जोखिम बढ्दै गएकाले सबै कर्मचारीका वीमा गर्न लागिएको हो ।


वीमाका लागि लाग्ने खर्च कलेजले व्यहोर्ने छ । बिभिन्न निकायले आफ्ना कर्मचारीलाई प्रोत्साहन गर्दै कोरोना वीमा गर्दै आएका छन् ।कोरोना वीमा रु १ लाखको हुने गर्छ ।

प्रकाशित मितिः     12:13:19 PM  |