मिठाई पारखीलाई नयाँ स्वाद पस्किने ‘चटकारे’ !


बाँके १३ भदौ :  नेपालगन्जको त्रिभुवनचोकमा  सोमवारदेखि चटकारे स्वीट्स बेकरी शुरु हुँदै छ ।

भवानीयपुरमा निर्माणको अन्तिम चरणमा रहेको फनपार्कको आउटलेटका रुपमा चटकारे त्रिभुवनचोकमा शुरु हुन लागेको प्रबन्धक निर्देशक डा. ओम मिश्रले जानकारी दिएका छन् ।

मिष्ठान पारखीका लागि चटकारे बिशेष स्वाद सहितको हुने छ । शुद्ध देशी घ्यूको परिकारले सेवाग्राहीलाई आर्कषित गर्ने मिश्र बताउँछन् ।
‘गुणस्तरमा कुनै सम्झौता हुँदैन ।

बिभिन्न देशमा उत्कृष्ट काम गरिसकेका कालिगढले बनाएका आर्कषक मिष्ठानले सेवाग्राहीलाई सन्तुष्ट बनाउनेमा ढुक्क छौं ।’ मिश्रले भने–‘भिन्न शैली र नयाँ स्वाद चटकारेको अर्को बिशेषता हो ।’ चटकारेमा बिभिन्न थरीका मिष्ठान बाहेक अन्य परिकारको स्वाख चाख्द पाईने छ ।

नेपालगन्जमा मिठाईका पारखी धेरै छन् । तर अधिकांस पसलहरु परम्परगत शैलीका छन् । चटकारेले मिठाई पारखीका लागि नयाँपन दिने छ । उद्घाटनको अवसरमा मिठाई लगायतका परिकारमा १० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ ।

 

प्रकाशित मितिः     १३ भाद्र २०७७, शनिबार ११:५१  |