सामसङ नोट २० र नोट २० अल्ट्राको प्रिबुकिङ अवधि लम्बियो, भदौ १९ सम्म अर्डर गर्न सकिने


काठमाडौं। सामसङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा खरिद गर्न चाहनेका लागि नेपालका यसको प्रि(बुकिङ अवधि लम्बिएको छ। अब यी दुबै स्मार्ट फोन खरिद गर्न चाहनेहरुले आगामी भदौ १९ गतेसम्म प्रि बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।

देशका अधिकांश भागहरुमा कोभिड १९ को महामारीका कारण उपभोक्ताले प्रि बुकिङ गर्न चाहँदा चाहँदै पनि प्रभावित भएको अवस्थालाई ध्यानमा राख्दै कम्पनीले अवधि लम्ब्याएको बताएको छ।
कम्पनीका अनुसार ग्यालेक्सी नोट २० को बजार मूल्य एकलाख ९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने नोट २० अल्ट्राको मूल्य १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ पर्छ।

ग्राहकले नोट २० अल्ट्रा प्रि बुक गर्दा ग्यालेक्सी बडका साथै ४५ एमएमको ग्यालेक्सी वाच २९ हजार ९ सय ९९ मा प्राप्त गर्न सक्नेछन् । ४१ एमएमको ग्यालेक्सी वाचलाई २७ हजार ९ सय९९ रुपैयाँमा पाउन सक्ने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

यसैगरी उपभोक्ताले सामसुङ लेड टेलिभिजन ८ हजार ९ सय ९९ रुपैयाँमा लिन सक्नेछन्।

नोट २० को प्रि अर्डर गर्दा उपभोक्ताले ग्यालेक्सी बडका साथै ४५ एमएमको ग्यालेक्सी वाच ३१ हजार ९ सय ९९ रुपैयाँ तथा ४१ एमएमको ग्यालेक्सी वाच २९ हजार ९ सय ९९ रुपैयाँमा पाउन सक्ने कम्पनीले जनाएको छ। यस्तै ३२ इन्चको सामसुङ लेड टेलिभिजनलाई ९ हजार ९ सय ९९ रुपैयाँमा लिन सकिने बताइएको छ।

प्रि बुकिङ गर्नेहरुमध्ये एकजना भाग्यशाली बिजेताले टर्किस एयरलाइन्सबाट यूरोपेली देशको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्ने जारी बिज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मितिः     १४ भाद्र २०७७, आईतवार १२:२६  |